५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण सिरियामा हिंसामा ५०० भन्दा बढीको मृत्यु



अ+ अ-

दमास्कस। दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक युद्ध अनुगमनकारी सिरियाली संस्थाले बिहीबार जानकारी दिएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले सिरियाली सुरक्षाकर्मीलाई स्वेइदामा तैनाथ गरिएपछि सरकारी सेना र स्थानीय ड्रुज समुदायबीच भएको भीडन्तमा ८९ ड्रुज लडाकू र १५४ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

यस झडपमा २४३ जना सरकारी कर्मचारी र १८ जना बेडुइन लडाकुको पनि मृत्यु भएको थियो । इजरायली हवाई आक्रमणमा १५ जना सरकारी कर्मचारीसहित बेडुइन जनजातिको अधिकारका लागि लडिरहेको एक समूहका तीन जना वरिष्ठ सदस्यको पनि मृत्यु भएको थियो ।