४ असार २०८३, बिहीबार
,
Latest
मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा नेपाली संस्था ट्रान्स हिमालयन सोसाइटीलाई स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौँ । चीन सरकारको एक सरकारी संस्था दि इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले नेपाली संस्था ट्रान्स हिमालयन सोसाइटीलाई वर्तमान अवस्थामा कोरोना भाइरसका विरुद्ध अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । 

नेपालमा जारी कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि सहयोग स्वरुप ठूलो मात्रामा ती सामग्री उपलब्ध गराएको हो । प्राप्त सामग्रीमा ३० हजार थान डिस्पोजेबल मास्क र अरु ५ हजार थान के एन ९५ मास्क रहेको सो संस्थाका अध्यक्ष फान सियाओबोले आज एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएका छन् । 

ती सामग्रीहरु नेपालका विभिन्न स्थान तथा संस्थामा आवश्यकताका आधारमा सहयोग स्वरुप उपलब्ध गराइने ट्रान्स हिमालयन सोसाइटी नेपालका अध्यक्ष प्रा.डा राजीवकुमार झाले बताउनुभयो । 

मित्र राष्ट्र चीनले नेपालका कोरोना महामारीको नियन्त्रणका लागि यसअघि पनि विभिन्न सहयोग उपलब्ध गराएको र यो पछिल्लो समयमा उक्त सोसाइटीमार्फत नेपाली नागरिकलाई ती सामग्री सहयोग गरेको बताए । 

युवा वैज्ञानिक प्राडा झा चीनको सियान विश्वविद्यालयमा प्राध्यापन गर्छन् भने चीन नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टरका अध्यक्ष पनि हुन् । प्राडा.चीन सरकारद्धारा प्रदान गरिने विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुबाट पनि सम्मानित भएका छन् ।   

नेपाल चीन सम्बन्धको विकास र विस्तारका लागि विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्राडा झामार्फत सियान महानगरपालिकाले बुटवल उपमहानगरपालिकालाई यस्तै स्वास्थ्य सामग्री सहयोग गरेको थियो । ती सामग्रहरु नेपाली दूतावास चीनमा रहेका र नेपाल आउने प्रक्रियामा रहेका छन् ।