९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल



अ+ अ-

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन तथा अन्य विषयमा छलफलका लागि आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक आज (बुधवार) दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने तय भएको हो । 

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लामो समयदेखिको लकडाउन जारि गर्दा धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउन दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

यसअघि कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउनु नहुने अडानमा लिएका थिए । 

अन्तिममा दुवै प्रस्तावलाई मर्ज गरेर ५ चरणमा लकडाउन खुकुलो बनाउने गरी प्रस्ताव रक्षा मन्त्रालयले लैजाने तयारी गरेको छ । एक चरण दुई हप्ताको हुनेछ ।