३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन



अ+ अ-

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्य छन् ।

सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । यो समितिलाई पनि उनको योग्यता र कार्यशैलीप्रति छानबिन गर्ने कार्यादेश दिइएको छ ।

सरकारले समिति गठन गरेसँगै ओझा स्वत: निलम्बित भएका छन् ।

अख्तियारले फर्जी काजजात पेश गरेको जान्दाजान्दै के आधारमा नियुक्ति दिइएको हो भन्ने प्रश्न उठाएपछि सरकारले समिति गठन गरेको हो ।

बिमा ऐनको दफा १२ मा उच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीशको अध्यक्षतामा सरकारले प्राधिकरणका अध्यक्षमाथि छानबिनका लागि न्यायिक समिति गठन गर्न सक्ने व्यवस्था छ । यस्तो छानबिन समिति गठन भएपछि प्राधिकरणका अध्यक्ष स्वत: निलम्बनमा पर्ने व्यवस्था छ ।

फर्जी अनुभव देखाएर अख्तियारले प्रश्न गरेपछि अर्थमन्त्री विष्णु पौडेलले ओझालाई राजीनामा दिन सुझाएका थिए । तर राजीनामा दिन आलटाल गरेपछि मन्त्रिपरिषद्ले समिति गठन गरेको हो ।