८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

बैंककमा मनाईयो २१२ औं भानु जयन्ती

बैंककमा मनाईयो २१२ औं भानु जयन्ती
अ+ अ-

काठमाडौं । २१२ औं भानु जयन्तीको अवसर नेपाली राजदूतावास, बैंककले थाईल्याण्डमा क्रियाशील रहेका विभिन्न नेपाली सामाजिक संघ–संस्थाहरूको संयुक्त सहकार्यमा दोस्रो भानु जयन्ती मनाएको छ ।

कार्यक्रममा वालवालिकाहरुको कविता प्रतियोगिता तथा अन्य श्रष्टाहरुको कविता तथा रामायण वाचनहरु समावेश गरिएको थियो। कार्यक्रममा थाईल्याण्डभरीका नेपाली समुदायका प्रतिनिधिहरू, संघसंस्थाका पदाधिकारीहरू, अभिभावक, साहित्यकार तथा बालबालिकाहरू लगायत १५० जना भन्दा वढी व्यक्तिहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन नेपाली राजदूत धनबहादुर ओलीले गर्नुभएका थियो ।राजदूत वलीले नेपाली भाषा, भानुभक्तको नेपाली भाषामा योगदान र यसको अहिलेसम्मको सान्दर्भिकताको चर्चा गर्नु भएको थियो। वलीले नेपाल जसरी एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त राष्ट्र हो सोही अनुसार नै कार्यक्रममा पनि सबै वर्ग र समूहको प्रतिनिधित्व र अपनत्व भएकोमा गर्व व्यक्त गर्नु भयो।

नेपाली भाषा र संस्कृतिले नै विविधतायुक्त नेपाललाई एकतामा आवद्ध गरेको, विश्वभर नेपाली भएको पहिचान गराएकोले यसलाई थप संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको कुरा व्यक्त गर्नुभयो। थाईल्याण्डमा विभिन्न पेशा, व्यवसायमा रहेका नेपालीहरुले आफ्नो दोस्रो पुस्तालाई नेपाली भाषा र संस्कृतिको निरन्तरताको लागि प्रयास गर्न अनुरोध गर्दै दूतावासको तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्न दूतावास तत्पर रहेको व्यहोरा समेत जानकारी गराउनु भयो।

कार्यक्रम संयोजक तथा नेपाली राजदूतावास, बैंककका उपनियोग प्रमुख मोति बहादुर श्रीसले नेपाली भाषा, साहित्य र संस्कृतिको समर्पित पुजारीका रूपमा भानुभक्त आचार्यलाई सम्झने र भानु जयन्ती साहित्यिक कार्यक्रम मात्र नभएर नेपाली सभ्यता र संस्कृतीप्रतिको चेतना र आत्मस्वाभिमानको सम्मान पनि रहेको कुरा बताउनु भयो।

प्रतियोगितात्मक कविता वाचन शुरु हुनुभन्दा अघि वालवालिकाहरु विना भुसाल र सोनु चौलागाईबाट ‘घाँसी संवाद’ तथा राज पौडेल, फुलप्रसाद ‌ओझा र सुश्री रोशनी खनालबाट ‘सामुहिक रामायण वाचन’ प्रस्तुत गरिएको थियो ।

जसले भानुभक्तको जीवन दर्शन र काव्यशैली वाललवालिकाको दृष्टिकोणबाट उजागर गरेको थियो ।

कविता प्रतियोगिता दुई उमेर समूहमा विभाजन गरिएको थियो। पहिलो चरणमा १३ देखि १८ वर्ष उमेर समूहका ११ जना वालवालिकाले भाग लिनु भएको थियो। जसमध्ये सुश्री पिङ्कि तामाङले प्रथम स्थान, मिना पोख्रेलले द्वितीय स्थान तथा रिना तिम्सिनाले तृतीय स्थान हासिल गर्नु भएको थियो।

दोस्रो चरणमा १२ वर्ष सम्मको उमेर समूहका ९ जना वालवालिकाले प्रतियोगितामा भाग लिनु भएको थियो। सो समूहमा रायना ढकाल प्रथम, अशोक पोख्रेल द्वितीय तथा सायना ढकाल तृतीय हुनु भएको थियो।

प्रतिस्पर्धामा भाग लिएका वालवालिकाहरुलाई प्रथम हुनेलाई ३००० थाई भाट, द्वितीय हुनेलाई २००० थाई भाट, तृतीय हुनेलाई १००० थाई भाट र प्रतियोगितामा सहभागी अन्य वालवालिकालाई ५०० थाई भाट नगद पुरस्कार तथा भानुभक्तको रामायण र वालसाहित्यका पुस्तकहरु पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा प्रा. डा. राजेन्द्र श्रेष्ठ, स्रष्टा भारती लिम्बुनी, तथा कवि अशोक घिमिरेले निर्णायक मण्डलको रूपमा रहनु भएको थियो ।

प्रतियोगितासँगै कार्यक्रममा २९ वटा अप्रतियोगी कविता वाचन गरिएको थियो, जहाँ नेपाल र थाईल्याण्डमा बसोबास गर्ने विभिन्न व्यक्तित्वहरूले आफ्ना सिर्जनाहरू सुनाउनु भएको थियो। यस कार्यक्रममा भारती लिम्बुनी, प्रकाश ज्ञवाली, आशा पुन, मेघा चन्द, भिम बहादुर राना, रकेट कार्की, टिना श्रेष्ठ, निला खनाल, निर्मल खराल, मञ्जु न्यौपाने, तिलक पोखरेल, महामहिम राजदूत धन बहादुर वली, माईला आचार्य आदि सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई विभिन्न तरिकाले सहयोग गर्ने थाईल्याण्डमा रहेका विभिन्न संघसंस्थाका प्रमुखहरु मुख्यरुपमा नेपाल उद्‍गम भएका नेपालीहरुको संगठन , गैर आवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद, थाई-नेपाल संघ, मगर गुरुङ संघ, तामाङ समाज, नेवार संघ, किरात साहित्यिक एवं साँस्कृतिक समाज, त्रिनाथ देवालय, ले आफ्नो मन्तव्य राख्‍नु भएको थियो।

उहाँहरुले नेपाली भाषाले नै विश्वभर रहेका नेपालीहरुलाई एकै ठाउँ हुन मद्यत गरेको र यो भाषा तथा नेपाली संस्कृतिको जगेर्ना गरी विश्वभर रहेका दोस्रो पुस्ता, तेस्रो पुस्ताका नेपालीहरुमा नेपाली भाषा र संस्कृतिको निरन्तरता दिन चुनौती भईरहेको सन्दर्भमा यस्ता कार्यक्रमले वालवालिकामा उत्साह जनाएको उल्लेख गर्दै कार्यक्रमको लागि राजदूतावासलाई धन्यवाद दिनु भयो भने आगामी दिनहरुमा निरन्तरता हुनेमा समेत विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमलाई विभिन्न तरिकाले सहयोग गर्ने नेपाली संघ(संस्थाहरु तथा केही व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो। थाईल्याण्डमा रहेका नेपाली वालवालिकाहरुलाई आफ्नो फुर्सदको समयमा नेपाली भाषा तथा संस्कृति सिकाउने एक जना नेपाली मूलकी नागरिक अनुती तामाङलाई निजको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो।

२१२ औं भानु जयन्तीको अवसरमा आयोजित दोस्रो भानु जयन्ती कार्यक्रमले नयाँ पुस्तामा नेपाल, नेपाली भाषा, संस्कृति तथा नेपाली साहित्यको चेतना जगाउन, मातृभाषाको सम्मान बढाउन, र थाई नेपाली समुदायमा भातृत्व अभिवृद्धि गर्न समेत योगदान दिएको छ। कार्यक्रमको प्रस्तुती तिलक पोखरेल र मेघा बजाजले गर्नु भएको थियो।