४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

अदालतभन्दा बाहिरको न्याय: इतिहास, परम्परा र केही परिपाटिहरू

अदालतभन्दा बाहिरको न्याय: इतिहास, परम्परा र केही परिपाटिहरू
अ+ अ-

मानव सभ्यताको इतिहासमा एक गहिरो विरोधाभास पाइन्छ। न्यायको खोजीले अहिलेको भाषामा अन्यायिक अभ्यासमा परिणत भएको देखिन्छ ।

न्यायालय स्थापनाको औपचारिकता अघि नै संसारभर समाजले आ आफ्नै ढंगले ‘न्याय’ गर्ने परम्परा बसालेको पाइन्छ। इतिहासमै सबैभन्दा प्रसिद्ध यस्तो उदाहरण अमेरिकाका राष्ट्रनिर्मातामध्ये एक अलेक्जेन्डर ह्यामिल्टनको १८०४ मा एरोन बुरसँग भएको duel हो। यो भनेको एकल भिडन्त हो।

बन्दुक बोकेर प्रातःकालको उज्यालोमा सबैले देख्ने गरी यो भिडन्त भएको थियो जहां हेमिल्टनलाइ गोली हानी मारियो। यसमा कुनै अदालतको आदेश थिएन, न कुनै प्रहरी हस्तक्षेप। त्यो समयको अभिजात वर्गमा यस्तो खुला गोली हानाहानलाई “सम्मानको रक्षाका लागि लडाइँ” मानिन्थ्यो। अमेरिका मात्र होइन, युरोपको फ्रान्स, जर्मनी, बेलायतमा पनि १७औं र १८औं शताब्दीमा ड्युअल एक सामान्य परम्परा थियो जसमा इज्जत र अपमानको बीच एक गोलीले फैसला गर्थ्यो। त्यस्ता लडाइँहरू समाजले अपराध मान्दैनथ्यो; बरु यो एक ‘पुरुषार्थ’ को प्रदर्शन मानिन्थ्यो।

रुसमा त १९औं शताब्दीमा साहित्यकार तुर्गेनेभ, टोल्स्टोयहरू पनि ड्युअलको साक्षी बने। यसले देखाउँछ कि न्यायको परिभाषा सधैं अहिलेको अर्थ अनुरुपको कानुन अनुसार नहुन पनि सक्छ।

यस्तो परम्परा पूर्वीय समाजमा पनि थियो। भारतमा र नेपालमा सतिप्रथा र इज्जतको हत्या थिए ।आजको भाषामा honor killing . विवाह, प्रेम सम्बन्ध वा जातीय विवाहविरुद्ध परिवारद्वारा गरिने हत्या, एक परम्परागत संरचना भित्रको ‘सामाजिक न्याय’ मानिन्थ्यो। पाकिस्तान, अफगानिस्तान, इराक, इरान, टर्की र मिस्रमा आजसम्म पनि यो परम्परा अस्तित्वमा छ, जहाँ महिला वा पुरुषले परिवारको सामाजिक संरचनालाई ‘लाज’ लाग्ने काम गरेपछि परिवारका सदस्यहरूले उनको हत्या गर्ने अनुमति नै सामाजिक रूपमा पाइरहेका देखिन्छ। यसले “कानूनभन्दा माथि इज्जत” को अवधारणा देखाउँछ।

आजपनि धेरै देशमा “इज्जत बचाउन” हत्या गरिएको मुद्दामा सजाय कम हुने कानूनी व्यवस्था छ, जुन न्याय प्रणालीमै पूर्वाग्रही सोचको संकेत हो।

नेपालको सन्दर्भमा हेर्दा, ‘जारलाइ काट्ने’ भन्ने प्रथा सायद यस्तो परिपाटिमध्ये सबैभन्दा उल्लेखनीय छ। परस्त्रीगमन गर्ने पुरुष वा स्त्रीलाई गाउँलेहरूले सार्वजनिकरूपमा कारबाही गर्ने, हत्या गर्ने वा गम्भीर शारीरिक सजाय दिने अभ्यास केही दशकअघि पनि थुप्रै ग्रामीण समाजमा देखिन्थ्यो। यस्तो हिंसालाई समाजले ‘सुधारको अस्त्र’ मानेको थियो। त्यो समयको सामाजिक संरचनामा ‘इज्जत’ पुरुषको सम्पत्ति जस्तै थियो र तेस्रो पक्षले अर्काको श्रीमती लाई छुनु भनेको मृत्युदण्डको बराबर सजायभागी बनाइन्थ्यो ।जार हत्या गर्ने व्यक्तिलाई गाउँलेहरूले नायक मान्थे, कानूनी प्रतिकार नगरी। यसरी गाउँ स्वयं ‘न्यायालय’ बन्ने गर्थ्यो, जहाँ संवेदनाहरू कानूनमाथि हुन्थे।

अर्को सन्दर्भ मध्यकालीन जापानमा समुराइहरू द्वारा गरिने सेप्पुकु हो। पराजय वा अपमानपछि आत्महत्या गर्ने परम्परा। यो आत्महत्या होइन, सम्मानपूर्ण मरण थियो। आजको आँखाले हेर्दा यो अवैधानिक, अमानवीय वा अतिवादी देखिन सक्छ, तर त्यो समयको सामाजिक मनोविज्ञानमा यो आत्म न्यायको उच्चतम रूप थियो। अफ्रिकाको केही जातीय समुदायहरूमा पनि ‘ब्लड फ्युड’ को परम्परा थियो।एक वंशले अर्को वंशको हत्याको बदलामा हत्या गर्ने परिपाटि, जुन पुस्तौं पुस्तासम्म चल्ने गर्थ्यो। युरोपको vendetta, बाल्कनको kanun परम्परा, सर्बिया र अल्बानियाको कुलीन रगतको बदला। All show how revenge, justice, and honor overlapped in customary systems.

यी सबै उदाहरणहरूले देखाउँछ कि “न्याय” भन्ने शब्द सार्वभौमिक होइन। कहिलेकाहीँ समाजमा औपचारिक न्याय प्रणाली पुग्नुअघि नै परम्पराले न्यायको संरचना बनाउँछ तर त्यो संरचना संवेदनाबाट चल्ने हुँदा, कहिलेकाहीँ अन्धो नै हुन्छ।

आजको न्याय व्यवस्था मौलिक हक, प्रक्रिया, अपिल र मानव अधिकारमा आधारित छ। तर विगतमा न्याय मुख्यतः “समाजको भावना” र “इज्जतको मानक” मा आधारित थियो। त्यो समयमा राज्यभन्दा ठूलो शक्ति समुदायको सामाजिक अनुशासन थियो।

अबको युगमा यस्तो परम्पराको पुनरावलोकन आवश्यक छ। यो भइरहेको पनि छ ।हामी इतिहासलाई न त गौरवको आँखाले मात्र हेर्नसक्छौं, न त लाजको आंखाले। यी घटनाहरूले देखाउँछन कि मानव समाजले न्यायको खोजी अनेक रूपमा गरेको छ। कहिलेकाहीँ बन्दुकले, कहिलेकाहीँ चुपचाप आत्मदण्डले, कहिलेकाहीँ भीडको हाँसोबीच सार्वजनिक लाञ्छनाले। न्यायको संस्थागत रूप आउनुअघि, नैतिकता, परम्परा र सामूहिक चेतना मिलेर ‘न्याय प्रणाली’ बनाउँथे।

आज हामी ती सबै अभ्यासलाई पछाडि छोडेर कानूनी र संवैधानिक समाजमा प्रवेश गरेका छौं। तर ती परम्परा स्मरणमा छन् ।किनभने तिनीहरूले देखाउँछन् कि जहाँ अदालत थिएन, त्यहाँ पनि मानव हृदयमा न्यायको तृष्णा थियो। त्यो तृष्णा कहिलेकाहीँ हिंसाको स्वरूपमा पोखिन्थ्यो। आज हामीले इतिहास सुधारका दृष्टिले काम गर्न आवश्यक छ।