८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

नेपालको पर्यटन प्रवर्द्धनमा नेपाली महावाणिज्य दुतावास न्यूयोर्क सक्रिय

नेपालको पर्यटन प्रवर्द्धनमा नेपाली महावाणिज्य दुतावास न्यूयोर्क सक्रिय
अ+ अ-

अमेरिका । नेपालमा अमेरिकी पर्यटकको संख्या बढाउन नेपाली महावाणिज्य दुतवास न्यूयोर्कले सक्रियता बढाएको छ ।

महावाणिज्य दुतावासले स्थानीय पर्यटन व्यवसायीहरुसँग शुक्रबार न्यूयोर्कमा अन्तरक्रिया कार्यक्रम गरी अमेरिकीहरुका लागि नेपाल एक उत्कृष्ट एवं आकर्षक गन्तव्य भएको दावी गर्दै पर्यटन व्यवसायीहरुलाई आफ्नो सञ्जालमा जोड्न आग्रह गर्यो ।

कार्यक्रममा दुतावासका महावाणिज्य दुत दधिराम भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै हिमाल अवलोकन एवं आरोहण, कला संस्कृति, प्राकृतिक सौन्दर्यता, ऐतिहासिक विरासत, जंगल सफारी एवं आध्यात्मिकताका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै हरेक मौसम पर्यटकका लागि अनुकुल रहेको बताउनु भयो ।

अमेरिकी पर्यटक नेपालका लागि दोश्रो ठूलो श्रोत भएको भन्दै महावाणिज्य दुत भण्डारीले अमेरिकी बजारको प्रभावले विश्व प्रर्यटन क्षेत्रमा प्रभाव पार्ने भन्दै त्यसका लागि सहयोग गर्न स्थानीय पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । अमेरिकी पर्यटकहरुको औसत बसाई बढि हुने र त्यसमा पनि औसत दैनिक एक सय डलर खर्च गर्ने हुनाले पनि त्यसले नेपालको पर्यटन व्यवसायमा ठूलो प्रभाव पार्ने उहाँको भनाई थियो । औसतमा अन्य देशका पर्यटकहरुले बढिमा दैनिक ४० डलर खर्च गर्ने सरकारी तथ्यांक छ ।

नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले नेपाल पर्यटन बोर्ड र प्यासेफिक एशिया ट्राभल एशोसियसन (पाटा), न्यूयोर्क च्याप्टर सँगको सहकार्यमा कार्यक्रम गरेको हो । कार्यक्रममा स्थानीय पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि एवं राजदुत लोक बहादुर थापाले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको भन्दै पर्यटकका लागि देशको ढोका मात्र होइन मनको ढोका खोलेर स्वागत गर्ने बताउनु भयो । उहाँले हरेक उमेर समुहका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भन्दै त्यसका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले पर्यटन प्रवद्र्धनका लागि अमेरिकी पर्यटन व्यवसायीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रमले निकै सकारात्मक प्रभाव पारेको नेपाल सरकारका लागि न्यूयोर्कका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल भ्रमण पछि नेपालका बारेमा विभिन्न अन्तराष्ट्रिय मिडियामा अनुभव एवं लेख प्रकाशन गरेकी लेखिका एवं कार्यक्रम निर्माता इरिन लेभिले नेपाल बयस्क महिलाहरुका लागि सुरक्षित गन्तव्य भएको भन्दै एक पटक होईन कैयौं पटक नेपाल भ्रमण गर्दा पनि फरक अनुभूति हुने बताउनु भयो ।

कार्यक्रममा प्यासेफिक एशिया ट्राभल एशोसियशन, न्यूयोर्क च्याप्टरले आफ्नो अनुभूति प्रस्तुत गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि सक्दो प्रयास गर्ने आश्वासन दिएको थियो । त्यस्तै एशोसिएशनमा जोडिएका व्यवासायीहरुले नेटवर्क विस्तारका लागि थप पहल गर्ने बताएका थिए । त्यस्तै नेपाल टि कलेक्टिभका संस्थापक निश्चल बास्कोटाले नेपाललाई चिया पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिने बताउनु भयो ।

उहाँले विश्व बजारमा नेपाली चियाको माग बढिरहेका बेला चिया पर्यटनबाट उपभोक्ता र किसानबीचको सम्बन्धलाई जोड्न चिया पर्यटनले ठूलो मद्दत पु¥याउने बताउनु भयो । उहाँले अमेरिकी पर्यटकहरु अहिले चिया पर्यटनमा निकै आकर्षित भएको भन्दै त्यसले नेपालको सिंगो पर्यटन क्षेत्रलाई नै प्रभाव पार्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डको तयांक अनुसार जुन मा ९ हजार ६ सय ९६ जना अमेरिकी पर्यटकहरु नेपाल आएका थिए भने मे मा ९ हजार ७४ जना अमेरिकी पर्यटक नेपाल आएका थिए ।