काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमो दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका ९ मा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।
लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।
घाइतेहरुको कपिलवस्तु र रुपन्देहीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










