८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज
अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार किलो आलु फलाउनुभएको छ । सोही नगरपालिकाको वडा नं २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन १० वर्षका लागि भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गर्नुभएका धर्मराजले पहिलो वर्ष नै सो परिमाणमा आलु उत्पादन गर्नुभएको हो ।

बाह्र वर्षअघिदेखि जिल्लामै अग्र्यानिक तरकारी तथा फलफूलखेती गर्दै आउनुभएका धर्मराजले उत्पादन गर्नुभएको आलु प्रतिकिलो रु ४५ मा बिक्री भइरहेको छ । वर्ष दिनअघि जग्गाधनी शेर्पासँग एक सय २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गर्नुभएका उहाँले तीन युवालाई रोजगारीसमेत दिनुभएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयमा ‘झिसेपु अग्र्यानिक कृषि फार्म’ दर्ता गरेर व्यावसायिक कृषि पेसामा लाग्नुभएका धर्मराजले उत्पादन गर्नुभएको आलुमध्ये एक हजार किलो बीउका लागि राखेर बाँकी बिक्री गर्ने तयारी गर्नुभएको छ । उत्पादित आलुमध्ये करिब दुई हजार ८०० किलो शनिबार दिक्तेल बजारमा सञ्चालित होटल तथा पसलमा लगेर बिक्री गरेको धर्मराजले जानकारी दिनुभयो ।

व्यक्तिगत लगानीमा व्यावसायिक आलुखेती तथा उन्नत जातका रायोको साग र मुलाको बीउ उत्पादन गर्ने अभियानमा लाग्नुभएका धर्मराजले पाँच राँगा/भैँसीपालन गर्नुभएको छ । अग्र्यानिक आलु उत्पादन गर्ने अभियानमा लाग्नुभएका उहाँले त्यही राँगाभैँसीको मलमूत्रसहित स्याउला र पत्कर प्रयोग गरेर बनाइएको मल आलुखेतीमा हाल्दै आउनुभएको छ ।

करिब ३०–४० वर्षदेखि बाँझो रहेको जमिन खनजोत गरेर व्यावसायिक खेती सुरु गर्नुभएका धर्मराजले गत माघमा ६०० किलो भोटाङ्गे जातको आलुको बीउ खरिद गरेर रोप्नुभएको थियो । कुनाखर्कमा उत्पादित अग्र्यानिक आलुलाई खोटाङको ब्राण्ड बनाउने उद्देश्यले व्यावसायिक आलुखेती सुरु गरेको उहाँले बताउनुभयो ।

करिब रु ११ लाख लगानीमा सुरु गर्नुभएको आलुखेतीलाई आगामी वर्षदेखि थप विस्तार गर्दै लैजाने तयारीमा रहेको धर्मराजले बताउनुभयो । “पहिलोपटक लगाइएको आलुले राम्रो उत्पादन दिएको छ । यसलाई थप विस्तार गर्दै ब्राण्डिङ गर्ने योजनामा छु”, उहाँले भन्नुभयो, “आलुसँगै पशुपालन तथा तरकारीखेती गर्ने योजना छ । यसका लागि थप जनशक्ति खोजी गरिरहेको छु ।”

अग्र्यानिक कृषि उपज उत्पादन अभियानमा लाग्नुभएका धर्मराजले सुरुमा वडा नं ३ बाम्राङस्थित झिसेपुमा व्यावसायिक रूपमा अग्र्यानिक फलफूल तथा तरकारीखेती गर्नुभएको थियो । करिब १५ वर्षदेखि कृषि पेसामा आबद्ध उहाँले झिसेपुस्थित आफ्नै जग्गामा किबी, अलैँची, बेसार र अम्रिसोको व्यावसायिक खेती गर्दै आउनुभएको छ ।

कृषि पेसालाई आधुनिक तथा यान्त्रीकीकरण गर्दै व्यावसायिक बनाउने अभियानमा लाग्नुभएका धर्मराजले जिल्लाका अन्य किसानलाई तालिमसमेत दिँदै आउनुभएको छ । झिसेपुको फार्म सञ्चालनका लागि उहाँलाई श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् । पछिल्लो समय जिल्लाका अधिकांश किसानले थोरै समयमा नै पर्याप्त आम्दानी गर्ने उद्देश्यका साथ रासायनिक मल प्रयोग गरेर फलफूल तथा तरकारी उत्पादन गर्ने गरेका छन् । रासायनिक मल प्रयोग गरेर उत्पादन गरिएका कृषि उपज उपभोग गर्नु मानव स्वास्थ्यका लागि सबैभन्दा हानीकारक हुने स्वास्थ्यकर्मीले बताएका छन् । रासस