२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आ.व.मा ललितपुर महानगरपालिकाको बेरुजु ०.५२ प्रतिशत



अ+ अ-

पाटन । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत खर्च गरेको छ ।

शनिवार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनेले कुल ६८.१४ प्रतिशत खर्च गर्दा पुँजीगत खर्र्च भने ६०.६२ प्रतिशत गरेको बताउनुभएको हो ।

मेयर महर्जनकाअनुसार चालु आर्थिक वर्षमा महानगरपालिकाले चालु खर्च ८५.३२, राजश्व संकलन ७५ प्रतिशत र बेरुजु ०.५२ प्रतिशत रहेको छ । त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ प्रतिशत, वित्तीय जोखिम मूल्यांकन ९९.५ प्रतिशत र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकन ७४.७१ प्रतिशत रहेको बताएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार, प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार र सामाजिक सुरक्षा र सशर्त अनुदानतर्फ १ अर्ब ६३ करोड ६१ लाख विनियोजन गरेको छ ।