८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कालीगण्डकीको पानी सुन्दरचौरमा

कालीगण्डकीको पानी सुन्दरचौरमा
अ अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’ प्रविधिमार्फत पानी तानेर सुन्दरचौरमा उकालिएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनामार्फत कालीगण्डकी किनारमा रहेको इनारबाट सुन्दरचौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ टङ्याकीमा पानी पुर्‍याइएको हो ।

दश मिटर गहिरो इनारमा २५ हर्स पावर क्षमताको पम्प जडान गरेर २५० मिटरमाथि सुन्दरचौरको टङ्याकीमा पानी तान्ने कार्यको शुक्रबार परीक्षण सफल भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताउनुभयो ।

विद्युतीय उपकरणको सहायताले सात सय ५० मिटर लामो पाइपलाइनमार्फत कालीगण्डकीबाट प्रतिसेकेण्ड पाँच लिटरका दरले पानी आपूर्ति भएको छ । सुन्दरचौरको टङ्याकीबाट थप १०० मिटरमाथि उपल्लाचौरको डहरेमा रहेको इन्टेकमा पुग्ने पानी दुईतर्फ वितरण गर्ने संरचना तयार भएको छ ।

रत्नेचौरमा खानेपानी आपूर्ति गराउन ६५ हजार लिटर क्षमताको रिजर्भ टङ्याकी र सालघारी र उपल्लाचौरमा पानी वितरणका लागि डहरेदेखि थप १०० मिटरमाथि सालघारीमा निर्माण भएको २५ हजार लिटर क्षमताको अर्को टङ्याकीमा पानी आपूर्ति गराउने संरचना निर्माण भएको छ ।

एक हजार ७०० मिटर मुख्य र १७ किलोमिटर शाखा पाइपलाइन तथा २३३ घरमा धारा निर्माण भइसकेको छ । दुई तहको पानी तान्ने उपकरण, विद्युतीकरण र धारा जडान सकेर आगामी असोज महिनादेखि रत्नेचौरवासीको घरघरमा खानेपानी वितरण गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खत्रीले बताउनुभयो ।

रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित भएको थियो । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको थिएन । विसं २०७६ असार २४ गते ठेक्का सम्झौता गरेको प्राकृतिक–प्रदीप जुम्ली जेभीले हालसम्म रु दुई करोड ३० लाखमा आयोजनाको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

विद्युत् जडान, खानेपानी धाराका सामग्री खरिदसहित हालसम्म रु तीन करोड १८ लाख खर्च भएको योजना सम्पन्न गराउन आगामी आर्थिक वर्षमा रु ३५ लाख बजेट विनियोजन भएको छ । मुहानको समस्या र निर्माण व्यवसायीको ढिलासुस्तीले थलिएको योजनालाई जनप्रतिनिधि, उपभोक्ता, कार्यालयको पहलमा लयमा फर्काएर सम्पन्न हुने चरणमा पुगेको वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । रासस