८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन
अ+ अ-

गलकोट, (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय अभिवन निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीको लापरर्वाहीका कारण जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण थपिएको म्यादसमेतमा काम सम्पन्न नभएको हो ।

निर्माण व्यवसायीको ढिला सुस्तकीका कारण जैमिनी नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण समयमै नसकिएको हो ।

विसं २०७८ माघ २१ गते तीन वर्षमा सक्नेगरी सम्झौता भएपनि सम्झौता मिति सकिएर पुन: छ महिनालाई थपिएको म्यादमा समेत काम सम्पन्न नभएको जैनिमी नगरपालिकाले जनाएको छ । माघमा सकिएको म्याद छ महिनालाई थपेर असार १७ गतेसम्म पुर्‍याइएको थियो ।

छ महिना म्याद थप्दासमेत भवनको प्रगति जम्मा ७० प्रतिशत भएको छ ।

भवनको साढे चार तला ढलान सकिएर इटालगाइरहेको भवनमा मुस्किलले एक दर्जनमात्रै कामदार खटिएको जैमिनी नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो ।

निर्माण व्यवसायीलाई जैमिनी नगरपालिकाले पटक–पटक समयमै काम सक्न दबाब दिएपनि कामको प्रगति जम्मा ७० पुुग्नु लज्जास्पत भएको जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले बताउनुभयो ।

“तीन वर्षमा ५५ प्रतिशत काम भएको थियो छ महिनाभित्र सक्नेगरी म्याद थपेका थियो तर प्रगति कछुवा गतिमा छ, थपिएको म्यादसमेत सकिदा जम्मा ७० प्रतिशत प्रगति भएको छ, पर्खालसहित अन्य पूर्वाधारको काम बाँकी रहेको छ” पुनले भन्नुभयो “निर्माण व्यवसायीले छ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएपछि थपिएको म्यादमा जम्मा १५ प्रतिशत प्रगति भएकाले नगरपालिकाको कार्यपालिकामा लैजाने तयारी गरेका छौँ, कार्यपालिकाले जे भन्छ त्यहीअनुसार अघि बढिन्छ ।” यही गतिमा काम भइरहे अबको दुई वर्षमा समेत भवन निर्माण नसकिने पुनको भनाइ छ ।

समयमै काम सकेमा पालिकाले भाडा तिरेर अरुको घरमा बस्नु नपर्ने बतउादै ठेकेदारले कछुवा गतिमा काम गर्दा समस्या भएको उहाँको भनाइ छ ।

साढे चार तलाको भवन ढलान भएर पर्खाल लगाउने काम चलेपछि ठूलो भवनमा कछुवा गतिमा काम भएको छ ।

अन्य पर्खाल, झ्याल ढोका, लिफ्ट, विद्युत्, खानेपानी, रङ्ग रोगन तथा डेकोरेशनको काम पुरै बाँकी रहेको छ । सम्झौता सकिएपछि निर्माण व्यवसायीले म्याद थपका लागि समेत निवेदन नदिएको नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जनाउनुभयो ।

नगरपालिकाको विद्युतीय भर्‍याङसहित साढे चार तलाको प्रमुख प्रशासकीय भवन निर्माणका लागि रविना/प्राकृतिक/जुगल जेभीसँग रु आठ करोड १७ लाख ६५ हजारमा ठेक्का सम्झौता भएको थियो । २०८१ पौष १५ मा निर्माण सक्नेगरी भएको ठेक्का सम्झौताअनुसार काम नहुँदा निर्माणमा ढिलाइ भएको हो । रविना/प्राकृतिक/जुगल जेभीका आधिकारीक प्रतिनिधि नरेश ओझाले निर्माण सामग्रीको ढुवानीले समस्या भएकाले किाममा ढिलाइ भएको बताउनुभयो । समयमै भुक्तानी अभवामा काममा समस्या भएको उहाँको भनाइ छ ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेराका स्थानीयले नि:शुल्क दिएको आठ रोपनी जग्गामा नगरपालिका र प्रदेश सरकारको लगानीमा प्रशासकीय भवन निर्माण गर्न हो । साढे चार तलामा ४२ कोठा रहेको भवनमा विद्युतीय भर्‍याङसहित सुविधा सम्पन्नको हुनेछ । नगरपालिकाको विषयगत शाखासमेत अट्नेगरी भवन निर्माण थालिएको हो ।

अहिले नगरपालिकाले चारवटा घर भाडामा लिएर नगरपालिकाको सेवा दिइराखेको छ । आफ्नै भवन निर्माण भए नगरपालिकाको भाडा वापतको ठूलो रकम बचत हुने छ । रासस