८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
अ+ अ-

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास (होम–स्टे) खासगरी हिमशृङ्खाला अवलोकन गर्न र ग्रामीण जीवनशैलीको अनुभूति गर्न पर्यटक भकुण्डे पुग्ने गर्छन् ।

बागलुङ नगरपालिका–१० मा पर्ने उक्त घरबासमा गत जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै थियो तर वर्षाका कारण सडक बिग्रिँदा यति बेला ती घरबास सुनसान भएका छन् ।

घरबासमा पाहुना आउन छोडेपछि स्थानीय बारीको काममा व्यस्त छन् । भकुण्डे गाउँका स्थानीयले १५ घरमा घरबास सञ्चालन गरेका छन् । हिउँदको समयमा सडक यात्रा सहज हुँदा पर्यटकको चहलपहल बढ्ने तर बर्खाको करिब चार महिना ठप्प हुने घरबास सञ्चालक यमबहादुर थापाले बताउनुभयो । व्यावसायिक रूपमा सञ्चालन गरेको घरबासमा बाह्रै महिना पाहुना नआउँदा उत्पादन खेर जाने गरेको उहाँको भनाइ छ ।

थापाले भन्नुभयो, “बागलुङ बजारदेखि यहाँ ९भकुण्डे गाउँ०मा आउने सडक राम्रो हुन्थ्यो भने बाह्रै महिना एकैनासले पाहुना आउने थिए, अलि ठूलो वर्षा हुँदा बित्तिकै सडकमा गाडी गुड्न छोड्छन्, अहिले मान्छेहरू पैदलयात्रा गर्न खासै रुचाउँदैनन्, राज्यले यति सडकलाई व्यवस्थित गरिदिए घरबास सञ्चालनसहित सिङ्गो गाउँलेलाई सामान ढुवानी र यात्रा गर्न सहज हुने थियो ।”

अब असोज कात्तिकतिर मात्रै पाहुनाको चहलपहल हुने थापाले बताउनुभयो । यतिबेला घरबास सञ्चालक कोदो रोप्ने, आलु खन्ने काममा लागेको उहाँको भनाइ छ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको भकुण्डेमा गाडीमा एक घण्टा र पैदलयात्रा गर्दा करिब साढे एक घण्टामा पुग्न सकिन्छ ।

काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास पनि सुनसान बनेको छ । असार पहिलो सातादेखि पाउना आउन छोडेको सञ्चालक गोपाल श्रीसले बताउनुभयो । अधिकांश पर्यटक सहरी क्षेत्रबाट आउने भन्दै बागलुङ बजारदेखि गाउँसम्म पुग्ने सडक अव्यवस्थित हुँदा पाहुन आउन नसकेको उहाँको भनाइ छ । कात्तिकदेखि जेठसम्म पाहुनाको चाप भई राखे पनि बर्खाको करिब चार महिना बन्द हुने श्रीसले सुनाउनुभयो ।

“अहिले पनि धेरै पाहुनाहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ, आउँछौँ भन्नुहुन्छ तर सडकको दूरावस्थाका कारण ल्याउन सकेका छैनौँ, गाउँको सडक अप्ठ्यारो छ, यति बेला अर्गानिक तरकारी फल्ने हो, न घरबासमा पाउन आउँछन् र खुवाउन पाइन्छ न बजारमा पठाउन सकिन्छ”, श्रीसले भन्नुभयो, “व्यावसायिक रुपमा घरबास सञ्चालन गर्नेहरूलाई बर्खाको तीनरचार महिना घर परिवार चलाउन समस्या हुन्छ ।”

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण क्षेत्रसँग जोडिएका सडकलाई व्यवस्थित गरी बाह्रै महिना सहज रुपमा सञ्चालन गर्ने गरी काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले घरबासलाई प्रवर्द्धन गरी पर्यटन क्षेत्रका विकास गर्ने उहाँको भनाइ छ । पालिकाभित्रका अझै कतिपय सडक अप्ठ्यारा रहेको हुँदा क्रमैसँग सुधार गर्दै जाने अध्यक्ष थापाले बताउनुभयो । रासस