३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति मेरो प्राणमै छः पशुपति समशेर जबरा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आफ्नो ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो वंश परम्परा पनि राजनीति नै रहेको बताउनु भयो । आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको स्मरण गर्नुभयो । आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेको बताउनु भयो । आफ्नो जीवनको सबैभन्दा बढी उर्जाशिल समय राजनीति नै रहेको बताउनु भयो ।

सांसद जबराले भन्नुभयो, ‘राजनीति मेरो प्राणमा नै छ । वंश परम्परा पनि त्यही हो । निश्चय म पनि दरबारिया सुख सयलमा हुर्किएको व्यक्तिलाई त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन थियो । तर मैले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएँ । नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेँ । मेरो जीवनको सबैभन्दा बढी उर्जाशिल समय राजनीति नै हो । राजनीतिमा मैले कठिन परिस्थितिमा समेत मुलुकको लागि महत्वपूर्ण योगदान दिने मौका पाएँ ।’

सांसद जबराले आफूले विभिन्न कालखण्डमा मुलुकको विभिन्न मन्त्रायलको नेतृत्व लिएर जनताको सेवा गर्न मौका पाएको बताउनु भयो । आफू शिक्षामन्त्री हुँदा (वि.सं.२०३५ सालमा ) काठमाडौं उपत्यकाको प्राचिन मन्दिर एवं पुरातात्विक ठाउँहरुको संरक्षणका लागि युनेस्केको विश्व सम्पदाको सूचिमा सूचिकृत गराउन मुल भुमिका निर्वाह गर्ने मौका पाएको बताउनु भयो ।