१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलमको मुद्दामा सरकार पुनरावेदन जाने, उच्च अदालतले प्रमाण नहेरेको महान्यायाधिवक्ताको निष्कर्ष



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई सफाइ दिने उच्च अदालत जनपुरको वीरगन्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालतमा पुनरावेदनमा जाने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आफ्ताब आलमलाई सफाइ दिने फैसला गर्दा प्रमाणलाई अनदेखा गरेको निष्कर्षमा निकालेको हो ।

उच्च सरकारी वकिलको कार्यालयले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्न फाइल उठाएको थियो । महान्यायाधिवक्ता रमेश बडालले फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्णय भएको बताउनुभयो ।

उपन्यायाधिवक्ता, सहन्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता हुँदै महान्यायाधिवक्ता समक्ष पेस भएर महान्यायाधिवक्ताबाट पुनरावेदन गर्ने निर्णय भएको हो । अब केही दिनमै फाइल तयार गरेर सर्वोच्च अदालतमा जाने तयारी छ ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दिएको थियो । उच्च अदालतले फैसला गर्दा बम विस्फोटको घटना भएको, मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएको लगायतका कुनै पनि प्रमाण नरहेको भन्दै सफाइ दिएको थियो ।

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा लगेर जलाएको घटनाका कुनै पनि प्रमाण नरहेको उच्चको फैसलामा उल्लेख छ । तर उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जले पठाएको पुनरावेदनको मस्यौदामा बम विस्फोट भएको, घाइतेलाई जिउँदै लगेर इँटाभट्टामा जलाएको र साक्षी समेत रहेको दाबी गरिएको छ ।

उच्च अदालतले जेठ १४ गते गरेको फैसलाको पूर्णपाठ पनि सार्वजनिक भइसकेको छ । सफाइ दिएको फैसला गर्ने दुवै न्यायाधीश भने यतिबेला न्याय परिषद्को छानबिनमा तानिएका छन् ।