८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आलमको मुद्दामा सरकार पुनरावेदन जाने, उच्च अदालतले प्रमाण नहेरेको महान्यायाधिवक्ताको निष्कर्ष

आलमको मुद्दामा सरकार पुनरावेदन जाने, उच्च अदालतले प्रमाण नहेरेको महान्यायाधिवक्ताको निष्कर्ष
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई सफाइ दिने उच्च अदालत जनपुरको वीरगन्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालतमा पुनरावेदनमा जाने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आफ्ताब आलमलाई सफाइ दिने फैसला गर्दा प्रमाणलाई अनदेखा गरेको निष्कर्षमा निकालेको हो ।

उच्च सरकारी वकिलको कार्यालयले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्न फाइल उठाएको थियो । महान्यायाधिवक्ता रमेश बडालले फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्णय भएको बताउनुभयो ।

उपन्यायाधिवक्ता, सहन्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता हुँदै महान्यायाधिवक्ता समक्ष पेस भएर महान्यायाधिवक्ताबाट पुनरावेदन गर्ने निर्णय भएको हो । अब केही दिनमै फाइल तयार गरेर सर्वोच्च अदालतमा जाने तयारी छ ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दिएको थियो । उच्च अदालतले फैसला गर्दा बम विस्फोटको घटना भएको, मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएको लगायतका कुनै पनि प्रमाण नरहेको भन्दै सफाइ दिएको थियो ।

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा लगेर जलाएको घटनाका कुनै पनि प्रमाण नरहेको उच्चको फैसलामा उल्लेख छ । तर उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जले पठाएको पुनरावेदनको मस्यौदामा बम विस्फोट भएको, घाइतेलाई जिउँदै लगेर इँटाभट्टामा जलाएको र साक्षी समेत रहेको दाबी गरिएको छ ।

उच्च अदालतले जेठ १४ गते गरेको फैसलाको पूर्णपाठ पनि सार्वजनिक भइसकेको छ । सफाइ दिएको फैसला गर्ने दुवै न्यायाधीश भने यतिबेला न्याय परिषद्को छानबिनमा तानिएका छन् ।