१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज, बालेन किन भए नरम ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । निर्धारित समयमा बजेट ल्याउन नसकेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ ।

महानगर प्रमुख बालेन शाहले आज दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् ।

महानगरको कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने छ । यो बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो ।

बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।

महानगर प्रमुख बालेन र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंबीचको बिचको टकरावले कार्यपालिका बैठक बस्न नसक्दा संविधानले तोकिदिएको समयसीमा भित्र बजेट ल्याउन काठमाडौं महानगरपालिका असफल भएको छ । कानुनमा स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

मेयर बालेन शाह प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग बैठक बस्न नमानेपछि महानगरले बजेट ल्याउन नसकेको हो ।

तर मेयर शाहले आज बोलाएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पनि सहभागी हुने भएका छन् ।