१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले स्वार्थ समूहको प्रतिनिधित्व गर्छ कि जनताको बुझ्न सकिने अवस्था छैनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ



अ+ अ-

काठमाडौं: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलहरु कार्यान्वयन र आर्थिक सुशासनको जिम्मेवारीबाट भागेको आरोप लगाउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले निर्वाचन प्रणालीको व्यवस्थाका कारण मुलुकमा राजनीतिक अस्थिरता बढेको बताउनु भयो । उहाँले दलहरूले आफ्ना घोषणापत्रहरू जनताको लागि नभई सत्ता गठबन्धनका लागि मात्र बनाएको लेख्ने गरेको समेत टिप्पणी गर्नुभयो । उहाँले दलहरूले कहिले संविधान कार्यान्वयनको जिम्मा लिए ? भन्दै प्रश्न समेत गर्नुभयो । दलहरूबाट सक्षम नेतृत्व छनोट भएर राष्ट्रको नेतृत्व हुने अपेक्षा गरेको भएपनि निर्वाचनमा स्पष्ट बहुमत नआउँदा त्यस्तो हुन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘दलीय पद्धतिमा दलहरुले विकासको, संविधानको कार्यान्वयनको माध्यमको रुपमा काम गर्लान भनेर ठानेको थिएँ । दलहरुले संविधान कार्यान्वयनको जिम्मा कहिले लिए ? उनीहरुले आर्थिक सुशासन कायम गर्ने कुरामा पनि कहिल्लै पारदर्शिता देखाएनन् । मैले त दलहरुबाट राम्रो नेतृत्व छानिएर राष्ट्रको नेतृत्व आउँछ भन्ने सोचेको थिए । तर त्यो पनि हेर्न पाएन । निर्वाचनमा स्पष्ट बहुमत भएन गठबन्धन बाध्यता हुन्छ । त्यसपछि दलहरुले घोषणापत्रहरु पढ्न नपर्ने तर लेख्नुपर्ने हिसाबले सरकारहरु भयो । सरकारले स्वार्थ समूहको प्रतिनिधित्व गर्छ कि जनताको त्यो बुझ्न नसकिने अवस्था छ ।’

उहाँले सरकारले स्वार्थ समूहको प्रतिनिधित्व गर्छ कि जनताको त्यो बुझ्न सकिने अवस्था नरहेको टिप्पणी गर्नुभयो । —न्युज एजेन्सी नेपाल