२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा आएपछि राजनीति नगरौँ, तोकिएको समयमै राष्ट्रिय खेलकुद हुन्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गर्नका लागि सरकारमा आउनु नहुने बताउनुभएको छ ।

बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारमा राजनीतिक दलहरु नै आउने तर राजनीति गर्नका लागि आउन नहुने बताउनु भयो । सरकारमा आएपछि राजनीति नभइ शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन लगायतका आवश्यक प्राथमिकताका क्षेत्रहरु छुट्याएर त्यसमै केन्द्रित भइ काम गर्न जरुरी रहेको बताउनु भयो । खेल राजनीति भन्दा बाहिर हुनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारमा पोल्टिकल पार्टी नै आउने हो । पोल्टिकल पार्टीहरु सरकारमा आएर सरकारमा आएपछि राजनीति गर्ने होइन । सरकारमा आएपछि जुन क्षेत्रमा काम छ त्यो क्षेत्रको काम गर्ने हो । कृषिमा काम गर्नुछ भने राजनीति होइन कृषिको विकास गर्नुपर्छ । उद्योगको भएको उद्योगकको, संगीत, सााहित्य भए ति क्षेत्रको विकास गर्नुपर्छ, त्यहाँ राजनीति होइन । खेलको विकास गर्ने हो भने खेलमा लगानी गर्नुपर्छ, खेललाई अघि बढाउनुपर्छ । त्यहाँ पोलिटिक्स गर्ने होइन । राजनीतिका लागि त्यो ठाउँ होइन । जो आउँछ उसले पोलिटिक्स गर्ने होइन, पोलिटिक्स भन्दा बाहिर खेल । खेलमा ध्यान दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले खेलप्रति बजेटबाट माया देखाएको बताउनु भयो । राष्ट्रिय खेलकुदको समय अब पनि सार्नु भनेको लज्जाको विषय हुने बताउनु भयो । अब तोकिएको समय (मंसिर) मा राष्ट्रिय खेलकुदको आयोजना हुने बताउनु भयो । एनपिएलको तयारी गर्न पनि निर्देशन दिनुभयो ।