१ भाद्र २०८३, सोमबार
,
Latest
करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुक्तानी दिने अन्तिम दिन रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ कर्मचारी सम्पर्कविहीन



अ+ अ-

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कविहीन भएका हुन् । कर्मचारीहरु हराएपछि गाउँपालिकाले सूचना नै निकालेको छ ।

चालु आर्थिक वर्षको दायित्व भुक्तानी गर्ने अन्तिम दिन बुधबारसम्म हो । तर कर्मचारीहरु बुधबार नै सम्पर्कविहीन भएपछि भुक्तानीमा समस्या भएको पालिकाले जनाएको छ ।

साँझ ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि असार २४ गते बिहान उनी थबाङबाट निस्किएका थिए ।

सूचना अनुसार, कार्यालयको भुक्तिनीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि उनीहरू रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेका थिए ।

उनीहरूसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि नभेटिएको पालिकाको सूचनामा उल्लेख छ ।

‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव–इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको छ ।

उनीहरूको खोजी गर्दा रुकुम पूर्वमा नभेटिएको र कार्यालयको तर्फबाट समपर्क गर्दा पनि सबैको मोबाइल स्वीच्ड अफ रहेको पालिकाले जनाएको छ ।

उनीहरू सबैलाई यथाशिघ्र चाँडो सम्पर्कमा आउन भन्दै पालिकाले सूचना जारी गरेको हो ।

सम्पर्कविहीन भएका कर्मचारीहरू:

– हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत

– हरिश माझी, सहायक प्रशासन पाँचौ

– यज्ञप्रसाद कडेल, सह–लेखापाल

– चन्द्रप्रकाश ओली, सव–इन्जिनियर

– निशा आचार्य, सव–इन्जिनियर

– शिवकुमार वली, खा.पा.स.टे

– प्रदिप के.सी., सवारी चालक