२८ असार २०८३, आईतवार
,
Latest
लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता आचार्य पोखरामा शाहसिक पर्यटनको आकर्षणः भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा कडाइ भोजपुरमा विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य टोकियोमा ताकाइची सरकारका नीतिहरू विरुद्ध विशाल जनप्रदर्शन केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह वनफूलले सिँगारिएको ढोरपाटन यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं भ्यू टावरको काम नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश



अ+ अ-

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाश खरेलको एकल इजलासले ‘अन्तिम निरुपण हुँदा ठहरिए बमोजिम हुने गरी’ निर्माणको काम जारी राख्न निर्माण व्यवसायीलाई अनुमति दिएको हो । काठमाडौं महानगरपालीकाले निर्माण कार्य रोक्का राख्न निर्देशन दिएपछि महानगरको आदेश बिरुद्ध निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालि अदालत पुगेको थियो ।

निर्माण कम्पनीको रिटमाथि सुनुवाइ गर्दै अदालतले तत्कालको लागि काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौं भ्यू टावरको निर्माणको ठेक्का जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालि।ले पाएको थियो । सुरुमा भूमिगत २ तल्ला सहित १२ तल्ला निर्माणको अनुमति दिइएको भ्यू टावरमा पछि तला थप गरी भूमिगत २ तलासहित १९ तले भवन निर्माणको अनुमति दिइएको थियो । यही तला थपेको नक्सा पासको विषयमा महानगर प्रमुख बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईबीच विवाद भएको थियो ।