१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्नेमा सडक भासिँदा बर्दघाट–दुम्किबास खण्ड बन्द



अ+ अ-

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेको खुर्सानी खोलामा सडक भासिँदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ ।

भारी वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा लु १ क ५८२७ नम्बरको ट्रक फसेपछि यो खण्डमा रातिदेखि नै यातायात बन्द भएको हो ।

सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् ।

वर्षा भइरहेकाले सडक खुलाउने प्रयास सफल भएको छैन ।