८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कुल जनसंख्याको ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर

कुल जनसंख्याको ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर
अ+ अ-

काठमाडौँ । नेपालको कुल जनसंख्याको ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर रहेका छन् ।

मंगलवार काठमाडौंमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम जारी गर्दै नेपाल बीमा प्राधिकरणले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले २०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको बताउनु भयो । तुलनात्मक रुपमा ग्रामिण तथा न्युन आय भएका वर्गहरु हालसम्म पनि बीमा सेवाबाट वञ्चित रहेको बताउनु भयो ।

बीमा विस्तारका लागि प्राधिकरणमा हाल १ सय ५८ जना र बीमा कम्पनीहरुमा २०८२ वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ जना कर्मचारीको कार्यक्षमता अभिवृद्धि गरिएको जानकारी दिनुभयो । ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको छ भने ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर छ । तुलनात्मक रुपमा ग्रामिण तथा न्युन आय भएका वर्गहरु हालसम्म पनि बीमा सेवाबाट वञ्चित छन् । बीमा विस्तारका लागि प्राधिकरणमा हाल १ सय ५८ जना र बीमा कम्पनीहरुमा २०८२ वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ जना कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्दै अनुसन्धानमुलक तथा आवश्यकतामा आधारित नविनतम बीमालेखहरु निर्माण गर्न ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक देखिन्छ । प्रविधिमैत्री बीमा सेवा प्रदान गर्न अपरिहार्य भएको छ ।’

प्रविधिमैत्री बीमा सेवा प्रदान गर्न अपरिहार्य भएको अध्यक्ष ओझाको भनाइ छ । प्राधिकरणले बीमा नीति हरेक वर्ष ल्याउने पनि जनाएको छ । बीमा प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने पनि बताएको छ ।