काठमाडौं । आजको प्रतिनिधि सभाबाट ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुँदैछ ।
गठित समितिको नाम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ रहेको छ ।
बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा समितिमा रहने सदस्यको नाम दलका प्रमुख सचेतकले सभामुखलाई बुझाएका छन् ।
७ सदस्यीय समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली, राप्रपाबाट रोशन कार्की सदस्य रहनेछन् ।
कांग्रेसको नेतृत्व रहने यो समितिलाई छानबिनका लागि २१ दिनको समय मिल्नेछ ।








