४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण



अ+ अ-

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो । केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवद्र्धन गर्ने उद्देश्यले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले बताउनुभयो ।

कृषि पकेट कार्यक्रम अन्तर्गत वडाले रु दुई लाख विनियोजन गरेर किसानलाई बिरुवा वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । वडामा भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ ।

“किसानको आय वृद्धि र उत्पादन बढाउने उद्देश्यले व्यवस्थित योजनासहित अघि बढिरहेका छौँ” वडाध्यक्ष राईले भन्नुभयो,“हामीले व्यावसायिक कृषिमा लाग्ने किसानलाई लक्षित गरेर कृषि पकेट क्षेत्र निर्धारण गरेका छौँ । सोही आधारमा बर्सेनि कृषिमा लगानी गरिरहेका छौँ ।”

वडाध्यक्ष राईका अनुसार ७५ प्रतिशत वडा र २५ प्रतिशत किसानको लागत साझेदारीमा बिरुवा खरिद गरिएको हो ।

मागको आधारमा पहिलो चरणमा यहाँका ३६ जना किसानलाई एक हजार छ सय वटा सुन्तलाको बिरुवा वितरण गरिएको छ । पकेट क्षेत्रका करिब डेढ सय किसान सुन्तला खेतीमा आबद्ध छन् । वडाले व्यावसायिक कृषि विस्तारका लागि विभिन्न उपाय अवलम्बन गर्दै आएको जनाएको छ ।

विगत दुई वर्षमा मझौले, चोलन्ती, खावा भञ्ज्याङ र रमिते क्षेत्रमा किबी खेती प्रवद्र्धन गर्न करिब दुई हजार किबीका बिरुवा वितरण भइसकेको छ । सुन्तला र किबी खेतीलाई निरन्तरता दिँदै वडाले रोग नियन्त्रण औँजार, औषधि, तालिम, जडीबुटी (जस्तै चिराइतो, सुतवा) तथा बीउ वितरण कार्यक्रमलाईसमेत अघि सारेको जनाएको छ । रासस