२९ असार २०८३, सोमबार
,
Latest
सभामुख अर्यालको भुमिकामाथि प्रश्न उठाउँदै काँग्रेसले भन्योः विपक्षीको नाडी छाम्ने काम नगरियोस् मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र अनलाइनखबर कार्यालयअगाडिको शंकास्पद गाडी क्रेनमार्फत हटाइयो नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण २५ वर्षे ‘भिजन २०५०’ तयार गर्दै राष्ट्रिय योजना आयोग गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता राष्ट्रिय गौरवका आयोजना र आर्थिक संरचनाका चुनौतीबारे योजना आयोगको ब्रिफिङः गौरवका आयोजना १० वटामा सिमित… विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत



अ+ अ-

टक्सार, (भोजपुर) । प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत हुनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरेको हो ।

विसं २०४५ देखि वाद्यवादकका रुपमा अनवरत क्रियाशील शाक्यले विशेषत: नेवारी समुदायमा प्रचलित खीं, धा, धिमे, नाय्खी तथा हारमोनियम, तबला जस्ता वाद्य वादनका प्रशिक्षकका रुपमा नेवारी, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा योगदान पु(याउनु भएकाले उहाँलाई पुरस्कृत गरिएको पुरस्कार कोषका संरक्षक अमृका ताम्राकारले जानकारी दिनुभयो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम तमोटले शाक्यलाई सम्मानपत्र तथा पुरस्कार राशी बापत् रु २२ हजार २२२ रुपैयाँ प्रदान गर्नुभयो । पुरस्कृत शाक्यले नेवारी वाद्य वादन बजाउने सीप हस्तान्तरणका लागि स्थानीय स्तरमा नियमित र विभिन्न जिल्लामा प्रशिक्षण समेत दिँदै आउनु भएको छ ।

विसं २०१७ मा जन्मिनु भएका शाक्य भोजपुर नगरपालिका–१२ टक्सारका स्थानीय बासिन्दा हुनुहुन्छ । प्रतिष्ठानले भोजपुर प्रतिभा पुरस्कार हरेक वर्ष साहित्य, कला र संगीत क्षेत्रमा योगदान गर्ने ब्यक्तित्वलाई प्रदान गर्दै आएको छ । रासस