८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उद्यमी प्रोत्साहन गर्न कर्णालीमा प्रादेशिक औद्योगिक प्रदर्शनी

उद्यमी प्रोत्साहन गर्न कर्णालीमा प्रादेशिक औद्योगिक प्रदर्शनी
अ अ+ अ-

कर्णाली । श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न भएको छ ।

उक्त प्रदर्शनीको समापन कार्यक्रममा आइतबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदर्शनीले स्थानीय उत्पादन तथा बजारीकरणमा सहयोग पुग्नुका साथै उद्यमीहरुलाई प्रोत्साहन हुने बताउनुभयो । “स्थानीय साधन स्रोतको उपयोगबाट उत्पादित वस्तुहरुको प्रवर्द्धन तथा बजारीकरणमा ठूलो सहयोग पुगेको छ”, मन्त्री अधिकारीले भन्नुभयो, “यद्यपि यस्तो महत्त्वपूर्ण कार्यक्रम आगामी आर्थिक वर्षमा जेठ मसान्तभित्र सक्ने गरी सञ्चालन गर्नुपर्दछ ।”

नेपाल सरकार राष्ट्रपति चुरे तराई मधेस सरंक्षण विकास समितिका सदस्य कमला ओली शिवाकोटीले स्थानीय तथा घरेलु उत्पादनको वृद्धिले आयात प्रतिस्थापन गर्न सघाउने बताउनुभयो । उद्यम र उद्यमीको संरक्षण, प्रवर्द्धन र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

उद्योग मन्त्रालयका कायमुकायम सचिव शेरबहादुर श्रेष्ठले प्रदर्शनीले कर्णाली प्रदेशभित्रका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, परम्परागत तथा सुधारिएको प्रविधिबारे जानकारी दिएको बताउनुभयो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक देवीलाल सापकोटाले कृषि तथा खाद्य उत्पादन, वन पैदावर र हस्तकला क्षेत्रका विभिन्न उत्पादनहरु राखिएको प्रदर्शनीले कर्णालीको स्थानीय उत्पादन, प्रवर्द्धन, गुणस्तर, त्यसको ब्राण्डिङ र बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार कर्णालीमा लघु, घरेलु तथा साना उद्योग गरेर करिब ३६ हजार उद्योग रहेका छन् ।

उद्योग निर्देशनालयका शाखा अधिकृत सतेन्द्रकुमार यादवले लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा जोड दिएर महिला, अपाङ्गता, एकल महिला र दलितमैत्री उद्योग निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार कर्णाली सरकारले मेक इन कर्णाली, मेड इन कर्णाली भन्ने नाराका साथ अगाडि बढेको छ ।

प्रदर्शनीमा यहाँ उत्पादित राडीपाखी, दैलेखी सावर जुत्ता, मह, अगरबत्ती, जडिबुटी, यहाँका रैथाने अन्नबाली, अल्लो, लोक्ता, दुना, टपरीलगायतका वस्तुहरु राखिएका थिए । प्रदर्शनीले उद्यमीलाई थप प्रोत्साहन दिएको छ । उक्त प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने उद्यमीलाई निर्देशनालयले क्रमश रु ५०, ३० र २० हजार पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरी, ‘कर्णाली प्रादेशिक औद्योगिक प्रदर्शनी २०८२’ का अवसरमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय छात्र छात्राहरुलाई रु १५, १० र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ । प्रदर्शनीमा ६५ स्टल राखिएका थिए । सो प्रदर्शनी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सञ्चालन गरेको थियो ।  रासस