१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुर धोद्नेखानी घटना: मृतकको शव परीक्षण गर्न धरान पठाइने



अ+ अ-

भोजपुर । गए राति भोजपरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव परीक्षणको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने भएको छ ।

घटनास्थलबाट आज भोजपुर जिल्ला अस्पताल ल्याइएको शवलाई ‘फरेन्सिक’ जाँच गर्ने उपकरण नभएपछि धरान पठाउन लागिएको हो । सामूहिक हत्याको घटना भएकाले अनुसन्धानको लागि फरेन्सिक जाँच रिपोर्ट आवश्यक पर्ने भएकाले सोमबार बिहान धरान पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।

भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेको प्रहरीले जनाएको छ । चार जनाको हत्यापछि अभियुक्तले नै घटनाको विषयमा प्रहरीलाई जानकारी गराएका थिए

हत्यामा संलग्न राई घाइते रहेकाले थप उपचारका लागि धरान रेफर गरिएको अस्पतालले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

चार छोरा र दुई छोरी रहेका गिरी दम्पत्तिका तीन छोरा र एक छोरी काठमाडौँमा बस्दै आएका थिए । घरमा रहेका चारै जनाको हत्या भएको हो । मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाले सहयोगका लागि अपिल गरेको छ ।