७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकसँग बीमा कार्यक्रम जोडिने- मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिकसँग जोडिने गरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाइ सुविधा पनि दिने तर जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताउनुभयो ।

उहाँले भत्रुभयो, “राज्यले बीमा कम्पनीलाई सुविधा दिने नीति बनाइदिने तर सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।”

उहाँले बीमाका विविध पक्षका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बीमामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कोशी प्रदेशमा करिब रु तीन अर्ब प्रिमियम सङ्कलन हुने र डेढ अर्ब जति भुक्तानी हुने गरेको जानकारी दिनुभयो ।

कोशी प्रदेशका विभित्र क्षेत्रमा कसरी बीमा कार्यक्रम अगाडि बढाउन सकिन्छ भनेर अध्ययन भइरहेको र प्रदेश सरकारले यदि अध्ययन गर्न चाहेमा सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष ओझाले व्यक्त गर्नुभयो । रासस