२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा यु–१६ युथ लिगमा संकटा र मच्छिन्द्रको फराकिलो जित



अ+ अ-

काठमाडौँ । संकटा र मच्छिन्द्र क्लवले एन्फा यु–१६ युथ लिगमा फराकिलो जितबाट शुरूवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार भएको खेलमा संकटाले जाउलाखेल युथ क्लवमाथि ५–० को फराकिलो जित निकालेको छ । संकटाको जितमा पेम्बा तमाङले दुई गोल तथा प्रजलकुमार लुम्रे, सुमित बलम्पाकी र करण भुलले समान एक गोल गरे । दिनको दोस्रो खेलमा मच्छिन्द्रले एपिएफमाथि ४–१ को सहज जित निकालेको हो । मच्छिन्द्रका लागि सुमन बम ठकुरी र विकास थापाले समान दुई गोल गरे । एपिएफका लागि पूजन ढकालले सान्त्वना गोल फर्काएका थिए ।

संकटाले पहिलो हाफमा नै तीन गोल गर्दै जावलाखेलमाथि पूर्ण हाबी भयो । खेलको १५औं मिनेटमा करणले गोल गर्दै अग्रता दिलाए । २४औं मिनेटमा सुमितले संकटाका लागि दोस्रो गोल गरे  । ३२ औं मिनेटमा प्रजलकुमारले गोल गरेपछि संकटा पहिलो हाफमा ३–० ले अगाडि रह्यो । पेम्बाले ६०औं र ६६औं मिनेटमा व्यक्तिगत दुई गोल गरेपछि संकटाले फराकिलो जितसककंगै युथ लिगको शुरुवात ग¥यो ।

दोस्रो खेलमा मच्छिन्द्र एपिएफमाथि पूर्ण हाबी हुँदा दुई खेलाडी विकास र सुमन चम्किए । खेलको चौथो मिनेटमा नै विकासले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि सुमनले २८औं मिनेट र ३२औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई ३–० ले अग्रता दिलाए । दोस्रो हाफमा दुवै तर्फबाट समान एक गोल भयो । ५४औं मिनेटमा पूजन ढकालले गोल गर्दै अग्रता छोट्याउने प्रयास गरे । तर, इन्जुरी समयमा विकासले व्यक्तिगत दोस्रो गोल थप्दै मच्छिन्द्रलाई ४–१ को सहज जित दिलाए ।

यसअघि प्लानिङ ब्वाइज, आर्मी र मनाङ  मस्र्याङ्दीले यु–१६ युथ लिगको तेस्रोमा जित निकालिसकेका छन् । युथ लिगमा शीर्ष डिभिजनका कुल १४ क्लवले प्रतिष्पर्धा गरिरहेका छन् । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीका साथै सशस्त्र प्रहरी बल एपिएफ, त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेण्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दीले यु–१६ युथ लिग खेल्दैछन् । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।