३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलामा डुबेर दुई बालकको मृत्यु



अ+ अ-

इटहरी । जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको शनिबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र खतिवडाका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर ९विशु० परियार छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरी प्रवक्ता खतिवडाले बताउनुभयो । टोलीले तत्काल उद्धार गर्दै खोलाको दहबाट दुवै बालकलाई निकालेर उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पुर्याएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालले शनिबार दिउँसो दुवै बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।