२८ असार २०८३, आईतवार
,
Latest
सुकुम्बासीमाथि दमनको विरोधमा माइतीघरमा प्रदर्शन, देशव्यापी आन्दोलनको चेतावनी अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव त्रिभुवन विमानस्थलबाट दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा शिक्षामा लगाएको तीन प्रतिशत समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड निजी विद्यालयको माग : ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गरियोस् गणेश नेपाली प्रकरण: शव अझै टिचिङ अस्पतालमै, सहमतिको खोजीमा फेरि वार्ता हुने अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।