८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी

प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत

प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा सुनेको शासनः भोगेको प्रशासनको लोकार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकुलता, असहजता, विघ्नवाधा देखिने गरेको भन्दै उहाँले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताउनु भयो । उहाँले प्रबुद्ध वर्गहरुले नियतबारे सधैँ हेक्का राख्नुपर्ने बताउनु भयो ।

उहाँले अवसरहरु वरपर नै घुमिरहेको तर त्यसलाई चिन्न सक्नुपर्ने बताउनु भयो । अवसर गुम्यो भने देश र जनताको बेहाल हुने जिकिर गर्नुभयो । त्यसैले आफ्नो वरपर रहेका अवसरहरुलाई सुक्ष्म दृष्टिले नियाल्न जरुरी रहेको बताउनु भयो । अब पनि अवसरहरु नियाल्न ढिलो गरे मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भयो । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन बन्ने बताउनु भयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘प्रबुद्ध वर्गहरुले हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरुले नियतको परख गर्नैपर्छ । यो बहुत ठूलो कुरा छ । यो मान्छेको अस्मितासँग जोडिएको कुरा हो । प्रधानन्याायधीशको प्रश्न उठ्दा मैले जिम्मा लिन्छु भनेकै हो । म लिन्छु, कुनैपनि हिसावले मैले मुकर गर्दिन । जुडिसियरीको एउटा पिपुलियर क्यारेक्टर हुन्छ । त्यहाँ न्यायाधीश न्यायधीश बीचमा बसेर न्यायिक निरुपण गर्नुप¥यो भने त्यहाँ डिक्टेड गर्न पाइँदैन ।

मुलुकमा कुनै काम गर्नलाई जताततै के अनुभुति हुन्छ भने प्रतिकुलता, असहजता, विघ्नवाधा देखिन्छ । प्रतिकुलता, असहजता, विघ्नवाधामा पनि अनुकुलता भेटिन्छ भन्ने मेरो अविचलित विचार हो । संकल्प बोकेर हिँडेको छु म । अवसरहरु हाम्रा वरिपरी नाचिरहेका छन् । हाम्रो अकर्मण्यताले हो, उदासिनताले हो, असक्षमताले हो, चिन्न पो सकिएन की ? देख्न पो सकिएन की, समात्न पो सकिएन की ? अवसरले हामीलाई कहिल्यै पर्खिंदैन । अवसर गुमे मुलुक र जनताको बेहाल हुन्छ । त्यसैले हाम्रा वरपर रहेका अवसरहरुलाई हाम्रा सुक्ष्म दृष्टिले, चेतनाका ति प्रतिविम्वहरुले नियाल्न अब पनि ढिलो भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । म अहिलेको लागि मात्रै भन्दिनँ । यो अवसर कसरी गुम्यो भन्ने सबैलाई थाहा छ । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन भन्ने कुरा आउँछ ।’

प्रधानन्यायाधीश राउतले मोती बाहिरबाट चम्किने तर पुस्तक अन्तःस्करणबाट नै चम्किने जिकिर गर्नुभयो ।