५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

उज्बेकिस्तानसँग निर्णायक खेल खेल्दै नेपाल

उज्बेकिस्तानसँग निर्णायक खेल खेल्दै नेपाल
अ+ अ-

काठमाडौँ । एएफसी महिला एसियन कप छनोट अन्तर्गत आज (शनिबार) हुने नेपाल र उज्बेकिस्तानबीचको खेल निर्णायक खेल रहेको छ । खेल नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ ।

समूह एफमा समान दुई–दुई खेल जितेका दुबै टोलिलाई एसियन कप पुग्न एक–अर्काविरुद्ध स्पष्ट जित निकाल्नुपर्ने हुन्छ ।

दुबैको समान ६ अंक छ । यी दुई टोलीबीच समूह विजेता बन्दै अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुन जितको विकल्प छैन ।

दुई खेल हारेको लाओस र श्रीलंका बाहिरिसकेका छन् । नेपाल र उज्बेकिस्तान दुवैले कुनै पनि गोल नखाई लाओस र श्रीलंकालाई हराए ।

नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गर्‍यो ।

अर्कोतर्फ पहिलो खेलमा श्रीलंकालाई १० गोलको फराकिलो जित निकालेको उज्बेकिस्तानले दोस्रो खेलमा लाओसलाई ७–० ले हरायो । यसरी दुबै टोलिको समान अंकमात्रै नभई गोलडिफरेन्स पनि बराबर छ । तसर्थ, एसियन कपमा पुग्नका लागि यो खेल दुबै टोलिका लागि फाइनल जस्तै बन्नेछ ।

नयाँ कप्तान पाएको नेपालले सावित्रा भण्डारी र नयाँ प्रशिक्षक प्याट्रिक डि वाइल्डको नेतृत्वको सुरुवाती दुई खेलमा सानदार प्रदर्शन गर्यो । अब त्यो लय समूहको अन्तिम खेलमा पनि कायम राख्नुपर्ने नेपाललाई चुनौति छ ।

यदि नेपाल र उज्बेकिस्तानबीच समूह चरणको अन्तिम खेल बराबरीमा सकिएमा खेल पेनाल्टी सुटआउटमा जानेछ । नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भएमा हेड टु हेड, गोल अन्तर सबैमा बराबर नै हुने भएकाले खेल टाईब्रेकरमा जाने भएको हो ।

प्रतियोगिताको नियमावली अनुसार समूहको अन्तिम खेल समेत भएकोले यदि खेल बराबरी भएमा सिधै पेनाल्टीसुटआउट हुनेछ ।

तर, अन्तिम खेल बराबरी नभएर कुनै टोलीले स्पष्ट नतिजा निकालेमा उक्त टोली नै समूह विजेता बनेर महिला एसियन कपमा छनोट हुनेछ ।

नेपालले अहिलेसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन । अहिलेसम्म नेपाल र उज्वेकिस्तानबीच तीन खेल भएको छ । जसमा नेपालले तिनै खेलमा पराजय ब्यहोरेको छ ।

सन् १९९९ मा फिलिपिन्समा भएको महिला एसियन कपमा नेपालले पहिलो पटक उज्बेकिस्तानको सामना गरेको थियो । उक्त खेलमा नेपाल ६–१ ले पराजित भयो । एकमात्र गोल गर्न सफल नेपालका लागि उक्त गोल ऐतिहासिक बन्यो ।

किनभने नेपालका लागि पेमा डोल्मा लामाले उज्बेकिस्तानविरुद्ध गरेको उक्त गोल नै नेपाली महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।

त्यसपछि नेपालले सन् २०१९ मा उज्बेकिस्तानसँग दुई खेल खेल्दा दुवैमा पराजित भएको थियो । कीर्गिस्तानमा नादेज्दा कपमा नेपालले दुई खेल खेलेको थियो ।

नेपालले समूह चरणमा २–० ले पराजय ब्यहोर्दा फाइनल ३–२ गोलले गुमायो । यसरी तीन खेलमा उज्बेकिस्तानले ११ गोल गर्दा नेपालले जम्मा ३ गोल मात्रै गरेको छ ।

उज्बेकिस्तानलाई घरेलु मैदान र समर्थकको भरपुर साथ मिल्नेछ । यता, नेपाल पनि उज्बेकिस्तानलाई उसकै घरेलु मैदानमा हराउँदै एसियन कपमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।