१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँः सांसद कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संसदमा प्रश्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिवार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति निर्माण गर्न गाह्रो हुने भन्दै उहाँले संसदमा प्रश्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्दा राम्रो नीति निर्माण गर्न सकिने बताउनु भयो । राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ पिरियड हेरफेरको विषय उठाउँदै उहाँले यसबाट पाठ सिकेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । यसबाट सांसदहरु झस्किएको र सबै दफाहरुको अध्ययन गरेर मात्रै अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नीति निर्माण गर्दा संसदमा जुन विधेयक प्रश्तुत हुन्छ, त्यो विधेयक प्रश्तुत गर्दा समय दिइएको हुन्छ, संशोधन गर्न । त्यो समय संशोधन गर्दा धेरै गम्भीर भएर संशोधन हाल्नुपर्छ । त्यो स्थिति हामीले देख्यौँ । त्यसमा अलि अध्ययन गरेर, आफ्नै पार्टीलाई पनि सबै कानूनव्यक्ता छैनौँ । पार्टीमा नै कुरा गरेर छलफल गरेर बुझेर मात्रै संशोधन हालौँ । अस्ति राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेरको जुन कुरा आयो । सांसदहरु झनै झस्किएका छन् । त्यो दफा दफामा हेर्नुपर्छ । यसबाट हामीले पाठ सिक्नुपर्छ । हाम्रो भुमिका विधायिका बनाउने हो ।’

समितिको बैठकमा शनिवार ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको हो ।