१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण



अ+ अ-

मन्थली, (रामेछाप) । आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् ।

बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् ।

विशेषगरी नदीकिनारमा बसोवास गर्ने माझी समुदायका मानिसले आफ्नो भाषा र संस्कृति हराउने सम्भावना बढेपछि माझीको सामाजिक विषयवस्तुमा छलफल गर्ने एकीकृत गर्न ती  समुदायका विभिन्न १० स्थानमा भाषा तथा संकृतिका बारेमा बालबालिकालाई प्रशिक्षण दिइरहेको छ ।

भाषा र संस्कृति जोगियो भने मात्र माझीको पहिचान जोगिने भएकाले आफ्नो पहिचान जोगाउन पनि यस्ता कार्यक्रम माझी समुदायको टोलटोलमा गरिएको मन्थली नगरपालिका–८ गाइखुराका वालकृष्ण माझीले बताउनुभयो ।

रामेछापको मन्थली नगरपालिकास्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक। हात्तिटार, सेलेघाट भटौली र खाँडादेवी गाँउपालिकाको रजगाँउ गरी माझी समुदाय रहेको विभिन्न स्थानमा माझीरुको भाषा र संस्कृतिका वारेमा पढाइ हुने गरेको छ ।

पछिल्लो पुस्ताले भाषा, संस्कृति धर्म संस्कार नविर्सिउन भनेर   जिल्लाका १० स्थानमा आफ्नो संस्थाको आयोजनामा यो कार्यक्रम सञ्चालनमा रहेको मजे सावा रामेछापका संयोजक श्रीबहादुर माझीले बताउनुभयो ।

माछा मार्नु, बिभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुख्यौली पेशा हो । नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश नदी तथा घाटमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण अहिले उनीहरुको पुख्र्यौली पेशा लोप हुने अवस्थामा पुगको छ ।

भाषा र सस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको छ ।

सङ्घीय तथा स्थानीयस्तरका भाषाविज्ञलाई परिचालन गरी हरेका दिनको बिहान दिनको दुई घण्टा माझी भाषासहित संस्कार र संस्कृतिका बारेमा पढाउने गरिएको छ ।

यो भाषा पढेपछि आफूजस्ता बालबालालिका धेरैलाई माझी भाषा र संस्कृतिसम्बन्धि जानकारी भएको ले यो कायर्कक्रम फाइदाजनक भएको स्थानीय विद्यार्थी सम्रता माझीले बताउनुभयो

रामेछापमा माझी भाषा मात्र हैन, हायुको भाषा, मगरको भाषा, नेवारी समुदायको भाषाजस्ता भाषा लोप हुने अवस्थामा छन् । स्थानीय सरकारले आफ्नो पालिकामा रहेका विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृति जोगाउन आवश्यक पहल गर्न सके माझीको मात्र हैन सबै जातजातिको भाषा र संस्कृति जोगिने स्थानीय समाजसेवी गुन्जबहादुर बताउनुहुन्छ । रासस