८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पाल्पाको  रैथानेबाली सङ्कटमा

पाल्पाको  रैथानेबाली सङ्कटमा
अ अ+ अ-

तानसेन, (पाल्पा) । यहाँका किसानहरु पछिल्लो समय खेती लगाउने सयममा उन्नत जातका बीउप्रति आकर्षित भएपछि रैथानेबाली सङ्कटमा पर्दै गएका छन् । उत्पादन बढी हुने र छिटो फल्ने हुँदा यहाँका किसान परम्परागत रैथाने बीउ छोडेर उन्नत जातका बीउ ९हाइब्रिड०प्रति आकर्षित भएका हुन् ।

तानसेनको दमकडाकी सीतादेवी गौतमले पहिले–पहिले धान, मकै, प्याज, मूलाजस्ता कृषि उपजको रैथाने बीउ घरमै उत्पादन गर्ने गर्नुहुन्थयो । उहाँकोमा बीउ लिन जिल्लाका विभिन्न ठाउँबाट किसान त्यहाँ पुग्ने गर्ने तर हिजो आज भने बजारमा नै पाइने बीउ ल्याएर किसानले लगाउन थालेपछि भने गौतम कहाँ बीउ लिन कोही पनि आउँदैनन् । किसानले उन्नत जातका बीउ ल्याएर लगाउन थालेपछि आफुले अहिले बीउ घरमा राख्न छोडेको उहाँ बताउनुहुन्छ ।

बर्खामा धान खेतीले भरिभराउ देखिने माथागढीका देउगीर, झडेवा, चिदीपानी, पूर्वखोलाका जल्पा, रिङ्नेरहजस्ता ठाउँमा मङ्सिर लाग्दा नलाग्दै खनजोत गरेर ठिकठाक हुन्थ्यो । कतै मुला, व्याजका बिरुवा त कतै सेतो केराउ लगाउन किसानलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले भने यहाँका खेत किसानका लागि बिरानो जस्तै बनेका छन् । रैथाने बीउ बेचेरै किसानको गुजारा चलेको थियो । पछिल्लो समय हाइब्रिडले बजार ओगटेपछि यहाँको स्थानीय जातको बीउ उत्पादन हुन छाडेको छ । बीउ किन्न किसानको घरदैलोमै पुग्ने व्यापारी हाइब्रिडमा आकर्षित हुन थालेपछि उत्पादन गर्न छाडेको किसान बताउँछन् । स्थानीय जातभन्दा हाइब्रिड सस्तो भएपछि खेती छाडेको  देउगीरका किसान जीवन रायमाझी बताउँनुहुन्छ ।

पाँच वर्षअघिसम्म लाखौँको मुला, प्याजको बीउ उत्पादन हुने यहाँका खेत आजभोलि किसानका लागि बिरानो बनेको उहाँ सुनाउनुहुन्छ ।

निस्दी गाउँपालिका मित्यालका धनबहादुर ठाडा भन्नुहुन्छ “पहिले–पहिले बारीमा पाइने सानो तितोकरेलाको बीउ नै पाइन छाड्यो । बीउ हराएसँगै सानो डल्ले प्रकृतिको करेलो नै हरायो । जब बजारमा लामा लामा बीउ आउन लागेपछि करेला मात्र होइन टमाटरको बीउ पाइन छाड्यो ।” वैशाखमा बारीमा मकैसँग छरिने काँक्रो पनि हरायो । बीउ राख्ने चलन नै हरायो । बजारमा धेरै फल्न्ने हाइब्रिड जातको बीउ आउन लागेपछि स्थानीय रैथाने जातको बीउ नै हरायो । यो अत्यन्त दु:खद् कुरा भएको स्थानीय लालबहादुर सोती बताउनुहुन्छ । “टमाटर, खुर्सानी, भिण्डी, भाण्टा, मुलाजस्ता स्थानीय जातका बीउ गाउँमा राख्न छाडेपछि बाली नै हरायो”, उहाँले भन्नुभयो ।

पहिलापहिला घरयासी प्रयोजनका लागि लगाइने अकबरे खुर्सानीको बीउसमेत हराउँदै गयो । पुरानो बीउ हराएपछि पनि बजारका बीउका कारणले पनि मूल्यमा ह्रास आएको रैनादेवी छहरा गाउँपालिका मुझुङका रमेश कार्कीले बताउनुभयो ।

कालानमक, झिनुवा, कृष्णभोग, अनदी, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनोजस्ता रैथाने बास्नादार र स्वादिलो चामल अचेल सितिमिति भेटिंदैन । बोडी–सिमीका स्थानीय जात, मसिना चुच्चे करेला, रैथाने काँक्रो, रायो, ठूल्ठूला झाल हुने स–साना गोलभेँडा, कुभिण्डो, पाटे घिरौंलो, घैया धान, रातो चामल हुने सिम्ठारो धान, सेतो मकै, रैथाने मास–मस्याङ–गुराँस–भटमास पनि भेट्न मुश्किल पर्छ । यस्तो किन भइरहेको छ त रु बुझन गाह्रो छैन । खाने मुख र बजारको माग बढेपछि धेरै अनाज र तरकारी फलाउनुपर्ने बाध्यताले किसानलाई ‘विकासे’ बीउ लगाउन हौस्याएको हो । कृषि प्राविधिक आरसी चौधरीभने किसानले कम उत्पादन हुने रैथाने छाडेर धेरै फल्ने वर्णसंकर बीउ लगाउनुलाई स्वाभाविक नै ठान्नुहुन्छ । “रैथाने जातको संरक्षण गरिदिने काम किसानको होइन, सरकारको हो”, उहाँ भन्नुहुन्छ । रासस