२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ’



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीले विद्यार्थीलाई कला सृजना गर्न उत्प्रेरित गरेको बताउनुभएको छ ।

यही असार १३ गतेदेखि सुरु भएको प्रदर्शनीको अवलोकनका क्रममा उहाँले यस्ता प्रदर्शनीले विद्यार्थीका कला प्रस्तुत गर्नुका साथै उनीहरूलाई भविष्यमा नयाँनयाँ कला सृजना गर्न प्रोत्साहित गर्ने धारणा राख्नुभयो ।

उहाँले महानगरभित्रका ४६ विद्यालयका एक हजार ३०० भन्दा बढी विद्यार्थीका कला प्रदर्शनीमा राखिएका जनाउँदै सृजना आकर्षक, संस्कृति तथा सम्पदाको संरक्षणमा केन्द्रित रहेका प्रतिक्रिया दिनुभयो ।

शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एण्ड स्कप्चर’ ढाँचाको तालिम कार्यक्रमपछि विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको यहाँ प्रदर्शन गरिएको हो । सो क्रममा उपप्रमुख डङ्गोलले भन्नुभयो, “पेन्टिङ, स्केच, स्कल्पचर, क्राफ्टका ट्रेनिङहरू भइरहेका सन्दर्भमा तपाईँहरूले त्यो राम्ररी सिक्नुभएको छ भन्ने लागेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै प्रगति भएको मैले पाएँ । सिक्नेक्रम तीव्र रूपमा अघि बढिरहोस्, यसले विद्यार्थीलाई प्रेरित गरेको महसुस गरेँ ।”

यसैबीच उहाँले उक्त प्रदर्शनीको आजै समापनसमेत गर्नुभयो । समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षालाई सीपसँग जोड्दा सृजनात्मक अभिव्यक्तशील कलाको तहगत अनुभूति गराउन सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले शिक्षामा सीप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एण्ड स्कप्चर’ तालिमले देशको आगामी कला संस्कृतिको जग निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सृजनशील व्यक्तित्व निर्माण गर्न कलाको महत्त्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो ।

कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सृजनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कार्यक्रममा महानगरका ४६ विद्यालयका एक हजार ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रदर्शनी उत्साहजनक रहेको धारणा राख्नुभयो । उहाँले कला समाजको प्रतिविम्ब भएको र यसले सिकाइका क्रममा थेरापीको पनि काम गर्ने बताउनुभयो ।

समारोहमा प्रशिक्षक तथा सहायक प्रशिक्षक, प्रत्येक विद्यालयका उत्कृष्ट विद्यार्थीलगायतलाई सम्मान पनि गरिएको थियो । यससँगै प्रदर्शनीको सन्दर्भ पारेर प्रतिष्ठानले आयोजना गरेको विद्यालयमा प्रशिक्षक तथा सहायक प्रशिक्षक रहेका कलाकारहरूले सृजना गरेका कलाकृति समावेश गरिएको ‘एकता’ प्रदर्शनी पनि आजै सम्पन्न भएको छ । रासस