९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

७३ जिल्लामा पुग्यो डेंगु, पछिल्लो एक हप्तामा नेपालमा ३५ जनालाई कोरोना संक्रमण

७३ जिल्लामा पुग्यो डेंगु, पछिल्लो एक हप्तामा नेपालमा ३५ जनालाई कोरोना संक्रमण
अ अ+ अ-

काठमाडौँ । गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका छन् ।

सरकारकाअनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका हुन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हिमाली ४ जिल्ला (डोल्पा, हुम्ला, मनाङ र रसुवा) मा भने यस वर्ष हालसम्म डेंगी संक्रमणको केस नपाइएको बताउनु भयो । सबैभन्दा धेरै वागमती प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ वटा केस पुष्टि भएका छन् ।

जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौंमा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा डेंगुका केस दर्ता भएको बताउनु भयो । उहाँले ‘स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ६ तथा नियमावली २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ६ ले प्रथम सेवाबिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र रहने व्यवस्था गरेकाले विगतमा प्रथम सेवाबिन्दुको रुपमा विमितहरुलाई सेवा दिँदै आएका सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्रथम सेवा बिन्दु हटाउने निर्णय भएको बताउनु भयो । प्रवक्ता बुढाथोकीकाअनुसार डेंगी संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेसीहरु बेस्सरी दुख्ने, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता लक्षणहरु देखिन्छन् । डेंगी संक्रमित करिव ८० प्रतिशत केसहरुमा लक्षण नदेखिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ६ तथा नियमावली २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ६ ले प्रथम सेवाबिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र रहने व्यवस्था गरेकाले विगतमा प्रथम सेवाबिन्दुको रुपमा विमितहरुलाई सेवा दिँदै आएका सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्रथम सेवा बिन्दु हटाउन बोर्डको असार ८ गते बसेको बैठकले निर्णय गरेको छ । २०८२ को साउन १ गतेबाट लागू हुनेगरी यस निर्णयबमोजिम अब प्रथम सेवा बिन्दुका रुपमा केबल सरकारी स्वास्थ्य संस्थामा मात्रै रहने जानकारी गराउँछु । स्वास्थ्य बीमा बोर्डले यस सम्बन्धमा सबै निजी तथा सामुदायिक अस्पताललाई परिपत्रमार्फत जानकारी पनि गराइसकेका छौँ ।’

‘यस निर्णयले बीमा सेवा व्यवस्थापनमा थप प्रभावकारी हुने र सेवालाई पारदर्शी बनाउने विश्वास मन्त्रालयले लिएको छ । हाल मनसुन शुरु भएसँगै लामखुट्टेको संख्यामा वृद्धि भइरहेको छ । जसले डेंगी लगायतका रोगहरुको जोखिम बढाएको छ । नेपालमा मिति २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका छन् । सबैभन्दा धेरै वागमती प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ वटा केस पुष्टि भएका छन् । जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौंमा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा केस दर्ता भएका छन् । हिमाली ४ जिल्ला, डोल्पा, हुम्ला, मनाङ र रसुवामा भने यस वर्ष हालसम्म केस देखिएका छैनन् ।’ 

उहाँकाअनुसार नेपालमा कोभिड १९ को संक्रमण अन्य थप जिल्लाहरुमा पनि देखिन थालेको छ । २०८१ को पुस १७ गतेदेखि २०८२ को असार १८ गतेसम्म नेपालका ३१ वटा जिल्लाबाट कोभि १९ का २ सय ४३ केस दर्ता भएको बताउनु भयो । प्रवक्ता बुढाथोकीले पछिल्लो एक हप्तामा नेपालमा ३५ जनमा कोरोना संक्रमण पुष्टि भएको बताउनु भयो । सरकारले कोभि १९ को जोखिमलाई मध्यनजर गरी १७ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड १९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताउनु भयो ।

प्रवक्ता बुढाथोकीले कोशी प्रदेशमा पशुपतिनगर हेल्थ डेस्क, मेची हेल्थ डेस्क, रानी हेल्थ डेस्क, मधेस प्रदेशमा मदर हेल्थ डेस्क, बिर्तामोड, गौर हेल्थ डेस्क, इनरुवा वीरगञ्ज हेल्थ डेस्क, लुम्बिनीमा गलैया हेल्थ डेस्क, कृष्णनगर हेल्थ डेस्क, जमुना हेल्थ डेस्क, गण्डकीमा त्रिवेणी हेल्थ डेस्क, सुदूरपश्चिम प्रदेशमा त्रिनगर हेल्थ डेस्क, गड्डाचौकी हेल्थ डेस्क, झुलाघाट हेल्थ डेस्क, कुलाघाट हेल्थ डेस्क, टिकापुर हेल्थ डेस्क र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई नाका गरी १७ वटा नाकाबाट निगरानी भइरहेको बताउनु भयो ।