१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागत नजिक अण्डाको मूल्य



अ+ अ-

नारायणगढ । गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् ।

अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घले मूल्य समायोजन गरी आजदेखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ४९५ र मझौला अण्डाको रु ४६५ कायम गरेको छ ।

नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा रु १६ दशमलव ५० पाउने भएका छन् । यो मूल्य अझै लागतभन्दा थोरै कम भए पनि अघिल्लो तुलनामा केही राहत पुगेको किसानको भनाइ छ ।

दाउन्ने, हिमचुली, खिलुङकाली ९जनकपुर एग्रो०, सुविश, भिज्जु र शिवम् लेयर्सजस्ता फार्मले ठूलो अण्डाको मूल्य प्रतिपेटी रु तीन हजार ६४५ देखि रु तीन हजार ६६० र मझौला अण्डाको रु तीन हजार ४४५ देखि रु तीन हजार ४६० कायम गरेका छन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घट्नु, पर्यटकको आगमन वृद्धि र स्कुल–कलेज सञ्चालनले माग बढेपछि मूल्य बढेको हो । साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उहाँले बताउनुभयो ।

“अहिलेको परिस्थिति हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने सङ्केत देखिन्छ,” पोखरेलले भन्नुभयो, “मूल्य बढ्दा किसान उत्साहित छन्, हाल दैनिक २८–३० लाख गोटा अण्डा उत्पादन भइरहेको छ ।”

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पनि माग र आपूर्तिको असन्तुलनका कारण मूल्य बढेको बताउनुभयो । “अब केही दिनमा नै किसानले लागत मूल्य पाउने सम्भावना छ,” उहाँले भन्नुभयो ।

कुखुरापालक तथा उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलका अनुसार अघिल्लो वर्षको यही समय पनि अण्डाको मूल्य वृद्धि भएको थियो । “अहिले पनि यदि किसानले लागत मूल्य नपाए बाँकी रहेका किसान पनि विस्थापित हुनेछन्,” उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो । विशेषगरी अत्यधिक गर्मीका कारण अण्डा उत्पादन झन्डै २५ प्रतिशत घट्ने गरेको कृषकको अनुमान छ । रासस