८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त हुनुहुन्छ । काष्ठकलाका सामग्री बनाउने कार्य उहाँले तालिम लिएर सिक्नुभएको भने होइन । मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिक्नुभएको ।

आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उहाँ संलग्न हुनुभयो । गाउँकै काठका फर्निचर बनाउने व्यक्तिसँग मजदुरका काम थालेका उहाँले एक–दुई वर्षमै हाउस डेकोरेसनको कार्य सिक्नुभयो ।

“हाउस डेकोरेसनको कार्यमा कहिले काम पाइन्थो, कहिले पाइँदैनथ्यो उहाँले भन्नुभयो, “गतिलो कमाई नहँुदा त्यो कार्य छाडने निधो गरेँ, मोबाइलमा काष्ठकलासम्बन्धीका युट्युबमा भिडियो हेर्ने र नयाँ कुरा सिक्ने उत्सुकता थियो, युट्युब हेर्दै काष्ठकलासम्बन्धीका कार्य गर्न थालेँ ।” कमाई हुने हाउस डेकोरेसनको कार्य छाडेर मोबाइल हेरेर के पो गर्न थाल्यो भनेर घरकाले नै नानाथरि कुरा सुनाउन थाले । बुबाले नै बहुलाउन थालिस कि क्या हो, बर्बाद हुने भयो भनेको कुरा उहाँ स्मरण गर्नुहुन्छ ।

आफन्तबाटै रकम सापटी लिएर काठ खरिद गरी काष्ठकलाका कार्यहरू उहाँ सिक्न थाल्नुभयो । युट्युबमा काष्ठकालाका कार्य गरेर गतिलो आम्दानी भएको उहाँ सुन्नु र हेर्नुहुन्थ्यो, त्यही हेरेर उहाँले सामग्री निर्माण गर्न सिक्नुभएको थियो तर व्यवसायलाई अगाडि बढाउने आवश्यक पुँजी भने उहाँसँग थिएन । आफन्तसँग लिएको सापटी रकम विजयसालको काठ खरिद गर्नमै सिद्धिएको थियो । व्यवसायलाई अगाडि बढाउन मेसिन खरिदसँगै आवश्यक औजार खरिद गर्ने पैसा थिएन । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सम्पर्कमा पुग्नुभयो । महराले काष्ठकलाका सामग्री बनाउने सीप भएको तर पुँजी नभएको कुरा सहकारीका पदाधिकारीलाई सुनाउनुभयो ।

“युट्युब हेरेर बनाएका काठका सामग्री झोलामै बोकेको थिए”, उहाँले भन्नुभयो, बनाएका सामग्री सहकारीका पदाधिकारीलाई सामग्री देखाँदा सहकारीका पदाधिकारी निकै प्रभावित भए ।” युवा स्वरोजगार कोषको रु दुई लाख ५० हजार पाँच प्रतिशत ब्याज तिर्नेगरी कर्जा उहाँले प्राप्त गर्नुभयो । “प्राप्त कर्जाको रकमबाट काष्ठकलाका सामग्री बनाउन औजार ९आवश्यक टुल० र मेसिनको आवश्यकता थियो, त्यो खरिद गरेँ र बाँकी रकमबाट सामुदायिक वनबाट काठ खरिद गरेँ, त्यस पछि काष्ठकलाका सामग्री बनाउने र बेच्ने कार्यमा निरन्तर लाग्दै आएँ” उहाँले भन्नुभयो ।

महराले विशेषगरी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फुलदानी, मसलादानी बनाउने गर्नुहुन्छ । खर्च कटाएर महिनामा उहाँले रु ३० देखि रु ४५ हजारको हाराहारीमा आम्दानी गर्नुहुन्छ । काष्ठकालाकै कार्यबाट दुईजना दम्पती, दुई छोराछोरी र आमाबुबा गरी छ जनाको परिवारको खर्च चल्दै आएको छ । कर्जा लिएको रकममध्येको रु ६० हजार किस्ताको रकम उहाँले तिरिसक्नुभएको छ । प्रत्येक महिनाको किस्ता समयमै बुझाउने भएकाले सहकारीको उहाँप्रति विश्वास रहेको छ । सहकारीमै महराले रु ३० हजार जतिको रकम बचत गर्नुभएको छ । उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री कम्तीमा रु पाँच सय र बढीमा रु दुई हजारसम्ममा बिक्री हुने गरेका छन् ।

पहिले उहाँले उत्पादन गर्नुभएका सामग्री काठमाडौँ, बुटवल, नेपालगञ्जसम्म पुर्याएर बेच्ने गर्नुहुन्थ्यो । व्यापारीहरूले सामान लग्ने तर भुक्तानी समयै नदिने हँुदा अहिले महेन्द्रनगर, धनगढी, झलारीलगायत बजारमा उहाँले बेच्दै आउनुभएको छ । ग्राहकका मागअनुसार सामग्री बनाउने भएकाले माग निकै बढी हुँदा काम गर्न भ्याइनभ्याई भएको उहाँ सुनाउनुहुन्छ । एक सामग्री उत्पादन गर्दा ३० प्रतिशत लागत खर्च लाग्ने गरेको छभने ७० प्रतिशतसम्म नाफा हुन्छ ।

कार्य सिक्दै गर्दा कुरा सुनाउने उहाँका घरकै सदस्य र आफन्त अहिले काम गरेको देखेर छक्क पर्छन् । महराका श्रीमती स्थानीय निजी विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत रहनुभएको छ । विद्यालय समयअघि र पछि उहाँ पनि काष्ठका सामग्रीमा रङरोगन गर्ने, पोलिस गरी चम्काउने कार्यमा साथ दिनुहुन्छ ।

काष्ठकलाका कामले नै समाजमा पहिचान बनाएकाले पहिलेको जस्तो उत्पादित सामग्री खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको उहाँ सुनाउनुहुन्छ । घरमै पुगेर व्यापारीहरूले सामग्रीको माग गर्छन् सोहीअनुसार उहाँले सामान तयार गरी दिनुहुन्छ । व्यापारीले हाताहाती रकम दिने भएकाले बेच्ने झन्झट छैन । भविष्यमा यसलाई ठूलो उद्योगका रूपमा विस्तार गर्ने उहाँको सोच छ । त्यसका लागि अहिलेदेखि नै रकम बचत गर्न थालेको उहाँ बताउनुहुन्छ । “सँगैका साथी युरोप र कोरियातर्फ गए, स्वदेशमा बसेर गतिलो कमाई नै नहुने भएकाले जानका लागि निकै कर गरेका थिए”, उहाँले भन्नुभयो, “स्वदेशमै कार्य गरी सफल हुने मनै भित्रदेखिको इच्छा थियो, त्यसलाई पूरा गर्न लाागि परेँ, गतिलो कामाई छ, सबैले चिन्छन्, समाजमा बेग्लै पहिचान बनेको छ, विदेशमा गएका साथीहरूले पनि अहिले व्यवसायले गति लिन थालेको देखेर साझेदारका रूपमा राख्न कर गर्न थालेका छन् ।”

स्वदेशमा नै लगनशील भएर काम गरे सफलता प्राप्त हुने भएकाले युवाहरूलाई विदेशको मुख ताक्नुभन्दा स्वदेशमै सीप सिकेर व्यवसाय सञ्चालन गर्न उहाँ सुझाव दिनुहुन्छ । विद्यालय शिक्षामा व्यावसायिक हस्तकालाका सीपमा आधारित कार्यहरूलाई समावेश गरिनुपर्ने उहाँको भनाइ छ । सहकारीका कार्यकारी प्रमुख गणेशदत्त भट्ट र भक्तबहादुर पौरखी व्यवसायी भएकाले उहाँको कार्यप्रतिको लगाव देख्दा निकै प्रभावित भएको बताउनुहुन्छ । रासस