१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इच्छुक’मा समर्पित नयाँ गीत सार्वजनिक



अ+ अ-

काठमाडौँ । प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’को छायाङ्कन भएको छ । गीतमा वरिष्ठ पत्रकार महेश्वर दाहालले शब्द, केशर कालिकोटेले सङ्गीत र रमण थामीले स्वर दिनुभएको छ ।

सामाजिक न्याय, क्रान्तिकारी विचार र मुक्तिको सपना बोकेका इच्छुकको योगदानलाई स्मरण गर्दै यो गीत तयार पारिएको पत्रकार एवं गीतकार दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “यो गीत इच्छुकजस्ता अग्रगामी युगदृष्टा पत्रकारप्रतिको श्रद्धा हो । इच्छुकको प्रेरणालाई गीतमार्फत जीवित राख्ने प्रयास गरेका हौँ ।”

सङ्गीतकार केशर कालिकोटेले इच्छुकको जीवनबाट प्रभावित भएर सशक्त धुन तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो गीत कुनै साधारण श्रद्धाञ्जली होइन, यो एउटा क्रान्तिकारी चेतनाको प्रतिध्वनि हो ।”

गायक थामीले इच्छुकको योगदानको स्मरण गर्नु भावनात्मकमात्र होइन, वैचारिक उत्तराधिकारको सम्मान भएको बताउनुभयो ।

इच्छुकलाई २०५९ साल जेठ १३ गते पक्राउ गरी यातना दिएर हत्या गरिएको थियो । उहाँको हत्यापछिको समाचारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यममा ठूलो चर्चा पाएको थियो ।

तत्कालीन जनयुद्धकालका साहित्य सङ्गीतका अगुवा तथा नेता मणि थापाले क्रान्तिकारी कवि, पत्रकारिताका प्रतीकका रूपमा रहेका इच्छुकको नाममा सिर्जित यो गीत नयाँ पुस्तालाई विचार र बलिदानको मूल्य सम्झाउने सृजना भएको बताउनुभयो । साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले यसले गीतसङ्गीतले इतिहासको मूल्याङ्कनमा नयाँ मानक स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस