५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई आज पदमुक्त गर्नुभएको छ ।

मुख्यमन्त्रीले मन्त्री चौधरीलाई यही असार पहिलो साता पदबाट राजीनामा दिन निर्देशन दिनु भए पनि उहाँले राजीनामा दिनुभएको थिएन । मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्नुभएको छ ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जीतु उपाध्यायले सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने सवालमा गरिएको आग्रहलाई बेवास्ता गरिएपछि विकल्पको रुपमा मुख्यमन्त्रीले आज मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गर्नुभएको हो ।

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट गत जेठमा मन्त्रीमा नियुक्त हुनुभएको थियो । यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहनुभएका सोही पार्टीका लक्ष्मणकिशोर चौधरीले विवादस्पद ‘अडियो प्रकरण बाहिरिएपछि मुख्यमन्त्रीको निर्देशनमा पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा सत्ता गठबन्धन दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

कूल ५३ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्तिका सात जना सदस्य हुनुहुन्छ । नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११ छन् । प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एकीकृत समाजवादी) का चार (एक निलम्वित), राप्रपाका एक र एक स्वतन्त्र सदस्य हुनुहुन्छ ।रासस