१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट विधि अगामी आईतवारको सचिवालयबाट टुंग्याउने निर्णय गरेको छ ।

बिहीवार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँले उपनिर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्ने प्रस्तावमाथि व्यापक छलफल भएको बताउनु भयो । बैठकमा प्राप्त सुझावका आधारमा उम्मेदवार छनोट कार्यविधि टुंग्याइने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग कायमै राख्ने निर्णय पनि गरेको छ । उहाँले बैठकले छानबिन प्रक्रियालाई निष्पक्ष र विश्वसनीय बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान पुनः दोहो¥याएको बताउनु भयो ।

बैठकका निर्णय सुनाउँदै उहाँले भन्नुभयो, ‘अगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट योग्य उम्मेदवार छनोट गर्नको लागि आजको सचिवालय बैठकमा पेस भएको उम्मेदवार छनोट विधिमा व्यापक छलफल भयो । बैठकमा प्राप्त सुझावहरुलाई समेत समेटेर अगामी आईतवार हुने बैठकमा उम्मेदवार छनोट कार्यविधि अनुमोदनको लागि प्रश्तुत गर्ने निर्णय भएको छ ।’

बैठकले संसदको राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी प्रक्रियामा भएको हेरफेरलाई बदमासीपूर्ण र संसदको सार्वभौमिकतामाथि गम्भीर प्रहार भएको टिप्पणी पनि गरेको छ । पार्टीले  विधेयकको कुलिङ अफ पिरियडमा गरिएको हेरफेरप्रति आपत्ति जनाउँदै सो प्रक्रियामा संलग्नहरूमाथि छानबिन गरी कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग पनि गरेको छ ।