१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार पत्रकार पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनले आजै धरौटी बुझाउने तयारी गरेका छन् । पाठकले केही समयअघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत ‘हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे’ भिडियो रिपोर्ट प्रसारण गरेका थिए ।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएपनि उच्च अदालत पाटनले भने पक्राउ नगर्न आदेश दिएको थियो ।

असार १६ गते पाठकविरूद्ध साइबर अपराधको मुद्दा दर्ता भएको थियो ।