७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी इस्ट जोन कपः फाइनलमा नेपालको प्रतिद्वन्द्वी सिंगापुर



अ+ अ-

काठमाडौँ । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले सिंगापुरसँग खेल्ने भएको छ । सिंगापुरले हङकङलाई हराएसँगै फाइल खेल्ने दुबै टोलिको टुंगो लागेको हो ।

बिहीबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो । मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो ।

यस्तै, सिंगापुरले हङकङलाई ४ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको हङकङले ४३.५ ओभरमा सबै विकेट गुमार १६८ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

फाइनल खेल आगामी जुलाई ५ मा मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ ।

समूह चरणमा नेपालले सिंगापुरलाई हराएको थियो । गत २२ जुनमा भएको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।