८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै
अ+ अ-

महोत्तरी । मटिहानी नगरपालिका-४ र ५ का मझौरा, बिसनपुर र गोबरौरा बस्तीका सडकमा तीवै गतिमा कालोपत्र भइरहेको छ । विकासको अवसरबाट पर रहेका यहाँका सर्वसाधारण बस्तीमा धमाधम सडक कालोपत्र हुन थालेपछि खुसी भएका छन् ।

“देखियौँ, हमरो गाममें सडक पिच बैनरहल अई” (हाम्रो बस्तीको सडक पनि कालोपत्र हुँदैछ) धमाधम कालोपत्रे भइरहेको सडकतिर देखाउँदै मटिहानी(४ का चन्देश्वर रजकले भन्नुभयो, “आब गामक रुख बदैलगेल” (अब बस्तीको रूप बदलियो) । सडक कालोपत्र हुन थालेपछि यी बस्तीका बासिन्दा खुसी देखिन थालेका छन् ।

बिसनपुरका इशाक कवारीले भन्नुभयो, “इन्तजार कर परैछै, सबके दिन अबैछै” (पर्खन पर्दो रहेछ, सबका दिन आउँदा रहेछन्) । कालोपत्र हुन थालेपछि बस्तीको सौन्दर्य बढेसँगै आपूmहरूको जीवन सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । गोबरौराका शिव साहले सडक कालोपत्र भएसँगै कृषि उपज बजारसम्म पु¥याउन सहज हुनुका साथै व्यापार बढ्ने बताउनुभयो ।

सङ्घीय सरकार मातहतको सहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रमअन्तर्गत मटिहानी–४ को मझौरा प्रवेशद्वारबाट बिसनपुर हुँदै मटिहानी–५ को गोबरौरासम्मको चार किलोमिटर सडकमा कालोपत्र गर्न थालिएपछि बस्तीका बासिन्दा खुसी छन् ।

कृषि उत्पादन सजिलै बजार पुग्ने र आपत्विपद्मा शीघ्र गन्तव्यमा पुगिने नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । कालोपत्र सम्पन्न भएपछि करिब १५ हजार जनसङ्ख्या लाभान्वित हुने उहाँले जानकारी दिनुभयो ।

सहरी विकास तथा भवन निर्माण विभागले करअतिरिक्त नगरपालिकालाई उपलब्ध गराएको रु २७ करोड ९९ लाख ७४ हजार ५७७ मध्ये मझौरा–बिसनपुर–गोबरौरा सडक कालोपत्रमा रु चार करोड खर्च हुने नगर कार्यपालिकाका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताउनुभयो । सडक विस्तार तथा कालोपत्र अन्य वडाबस्तीमा पनि गर्दै जाने उहाँको भनाइ छ ।

वर्षौँदेखि धुलो, हिलो र अव्यवस्थित सडकले यातायात, व्यापार, स्वास्थ्य सेवा र शिक्षाको पहुँचमा सास्ती खेपिरहेका मझौरा, बिसनपुर र गोबरौराका बासिन्दाका लागि सडक कालोपत्र सम्पन्न भएपछि दैनिकी सहज हुने मटिहानी(४ का वडाध्यक्ष अब्दुर गफार राइनले बताउनुभयो ।

कालोपत्रको नियमित अनुगमन गरिरहनुभएका नगरप्रमुख मण्डलले केही दिनभित्र काम सम्पन्न हुने जानकारी दिनुभयो । नगरका बस्तीबस्तीसम्म सडक सञ्जाल विस्तार र स्तरोन्नति गर्ने लक्ष्यका साथ नगरले काम गरिरहेको उहाँको भनाइ छ । नगरमा बढेको पूर्वाधार निर्माणले आफ्नो ठाउँ शीघ्र ‘स्मार्ट सिटी’ का रूपमा विकास हुने स्थानीयले अपेक्षा गरेका छन् ।