काठमाडौँ । प्रतिनिधि सभाका सांसद मेटमणि चौधरी र निर्माण व्यवसायी ठेकेदार धात बुढामगरले सहमति गरेका छन् ।
पाँच करोड ४० लाख रुपैयाँको लेनदेनमा दुबैले प्रहरीमा पुगेर सहमति गरेका हुन् ।
एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका चौधरी र ठेकेदार बुढामगर असार १७ गते (मंगलबार) साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर सहमति गरेको प्रहरीले जनाएको छ ।
सहमतिमा भने उनीहरूले ‘कुनै पनि लेनदेन नभएको’ उल्लेख गरेका छन् ।
दुबैजना उपस्थित भएर सहमति भयो र कुरा मिल्यो भन्दै लेनदेन छैन र त्यो मुद्दा अगाडि बढाउन नचाहने भनेपछि सहमति गरेका हुन् ।
बुढामगरले साउन ६ गते सांसद चौधरीविरूद्व ५ करोड ४० लाख रुपैयाँको चेक अनादरको जाहेरी दिएका थिए । तर, असार ८ गते उनले जाहेरी फिर्ताका लागि फेरि अर्को पत्र पठाए ।
मेटमणिले यसअघि शहरी विकासमन्त्री भएका बेला ठेक्का मिलाइदिन भन्दै व्यवसायी बुढामगरसँग ५ करोड ४० लाख रूपैयाँ लिएको आरोप लागेको छ । ठेक्का मिलाउन नसकेपछि मेटमणिले उनलाई लगेको पैसा बराबरको चेक दिएको दाबी गरिएको छ ।










