८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा थपिदै पूर्वधार

पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा थपिदै पूर्वधार
अ+ अ-

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिकाले पर्यटकीय क्षेत्र हात्तीढुङ्गाको प्रवद्र्धन गर्न थालेको छ । एक दशक अगाडिसम्म गुमनाम रहेको हात्तीढुङ्गामा पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बढ्दै गएपछि नगरपालिकाले पूर्वधार निर्माणमा जोड दिएको छ ।

जैमिनी–९ पैयुँथन्थापमा पर्ने उक्त हात्तीढुङ्गाका स्थानीय बुढापाकाका अनुसार विसं २००६ तिर फेला परेको थियो । ठूलो ढुङ्गामा हात्तीको जस्तो सुँड छ । उक्त ढुङ्गालाई विसं २०१२ देखि गाउँलेले गणेशको रूपमा पूजा गर्दै आए पनि बाहिरबाट खास्सै भक्तजन जाँदैन्थे । अहिले प्रचारप्रसार हुन थालेपछि जैमिनी र आसपासका क्षेत्रबाट पर्यटक पुग्ने गरेका छन् । नगरपालिकाले हात्तीढुङ्गा क्षेत्रमा पर्यटकीय पूर्वधार निर्माण गर्दै आएको छ । यस वर्ष पनि संघीय सहरी विकास मन्त्रालयबाट विनियोजित रु एक करोड लागतमा सडक लगायतका पूर्वधार निर्माण गरिएको छ ।

नगर उपप्रमुख हरिहर शर्माले रु ५० लाखमा बारीखेतदेखि हात्तीढुङ्गा जोड्ने सडक निर्माण गरिएको र रु ५० लाखमा मन्दिर, खेलमैदान, सत्तल लगायतका पूर्वधार निर्माण गरेको उहाँको भनाइ छ । यसभन्दा अगाडि खानेपानी र शौचालय लगायतका संरचना बनाइसकेको शर्माले बताउनुभयो । स्थानीयले पहिले सिद्धीविनायक गणेश मन्दिर गरेर पूजाआजा गर्दै आएको भन्दै सोही स्थानमा शिव मन्दिर निर्माण गरिएको शर्मा बताउनुहुन्छ ।

उपप्रमुख शर्माले भन्नुभयो, “हात्तीढुङ्गा जैमिनीको प्रमुख पर्यटकीय गन्तव्य हो, यसलाई पर्यटकीय र धार्मिक हिसाबले विकास गर्दै गइरहेका छौँ, पछिल्लो समय यहाँ आउने भक्तजनको सङ्ख्या पनि बढ्दै गएको छ, यहाँ नागरिकको पनि ठूलो लगानी छ, राज्यका विभिन्न निकायबाट हालसम्म रु एक करोड ४० लाख बढी लगानी भएको छ, यसको प्रवद्र्धनका लागि नगरपालिकाले पनि निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ ।

स्थानीय तुलबहादुर थापा यहाँ पूजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास रहेको हुँदा पछिल्लो समय धार्मिक पर्यटक बढ्न थालेको बताउनुभयो । खास गरि यहाँ शिवरात्रिमा ठूलो पूजाआजा हुने हुँदा जैमिनीसहित, बरेङ, बागलुङ, गुल्मी लगायतका ठाउँबाट भक्तजन आउने गरेको उहाँको भनाइ छ । पहिले गाउँका स्थानीयले मात्रै पूजाआज गर्ने हात्तीढुङ्गामा अहिले टाढा–टाढाबाट भक्तजन आउन थालेपछि चहलपहल बढ्ने गरेको थापा बताउनुहुन्छ । यहाँसम्म आइपुग्ने सडकलाई थप व्यवस्थित बनाउन जरुरी रहेको उहाँको भनाइ छ । रासस