८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

नट ग्रेडेड एसईई नतिजाको कारण खोज्न उपप्रमुख डंगोलबाट प्रधानाध्यापकहरुसँग छलफल

नट ग्रेडेड एसईई नतिजाको कारण खोज्न उपप्रमुख डंगोलबाट प्रधानाध्यापकहरुसँग छलफल
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रुपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । गएको ३ वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरु नटग्रेडेड नतिजा भएका विद्यालयहरुका प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

‘चुनौती छन् । यसकारण नेतृत्वको खोजी भएको हो ।’ उहाँले भन्नुभयो, ‘साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना नटग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सिप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।’

छलफलमा शिक्षा अधिकृत केशव ज्ञवालीले, प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरुको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरु शिक्षासँगै श्रम क्षेत्रमा आवद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरुको एसईईको नतिजा राम्रो नभएको उल्लेख गर्नुभयो ।

छलफलमा विद्यालयका प्रधानाध्यापकहरुले नतिजा सुधारका लागि आउँदो १ महिना अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँहरुको दृष्टिमा केही विद्यार्थीहरुमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गर्नुभयो ।

‘केही मेहिनेत गर्ने विद्यार्थीको पनि नटग्रेडेड नतिजा आयो । कति विद्यार्थीले जाँच दिए तर गयल देखायो ।’ प्रधानाध्यापकहरुले थप कारण देखाउँदै भन्नुभयो, ‘घरमा दिनहुँ झगडा छ, बालबालिकाले पढाइमा ध्यान दिनै सक्दैनन् । अभिभावक जिम्मेवार नभएका कारण विद्यार्थी कसैलाई टेर्दैनन् । कतिपय बालबालिकाले श्रममा आवद्ध भएर अभिभावकको भूमिका वहन गर्नुपर्ने ठाउँमा छन् । उनीहरु चाहेर पनि पढाइमा ध्यान दिन सक्दैनन् । कतिपय विद्यार्थीहरु अभिभावकलाई टेर्दै टेर्दैनन् । अभिभावकलाई साथी जत्तिको पनि मान्दैनन् । अभिभावकलाई उनीहरुको शैक्षिक सुधारका लागि बोलाउँदा विद्यालयमा आउनु नै हुन्न । विहान पढायो । त्यसपछि खाना खान घर पठाउँदा विद्यार्थी फर्केर विद्यालय नै आउँदैनन् । गयल हुन्छन् । विषयगत शिक्षकको अभाव भयो । दरबन्दी छ, शिक्षक छैनन् । विद्यालय वरिपरिको वातावरण राम्रो भएन यसकारण उनीहरुमा खराव बानीको लत छ । यस्ता धेरै कारणले केही विद्यार्थीहरुको एसईईको नतिजा विग्रिएको हो ।’ उहाँहरुले थप्दै भन्नुभयो, ‘महानगरपालिकाले नियमित अनुगमन गरिदिनुपर्छ । प्रधानाध्यापक र शिक्षकको नेतृत्व विकास र क्षमता विकास गरिदिनुपर्छ ।’

अभिभावकहरुको धारणाको प्रतिनिधिमूलक आवाज बोल्दै उहाँहरुले भन्नुभयो, ‘उसको विषयमा मलाई भन्दा पनि नभन्नु । म स्कूल आउन पनि आउँदिन । मेरो नानीबाबुलाई ब्ल्याक बेल्ट चाहिएको छ । एसईई फेल भएर पनि फरक पर्दैन ।’ भन्ने अभिभावक पनि हुनुहुन्छ । हामीले सेलेक्टेड विद्यार्थी लिने होइन । विद्यालयको क्षमताले अट्टाउने सबै विद्यार्थी भर्ना लिने हो । यसकारण सामुदायिक विद्यालयमा अनेक खालका कार्यक्रम चाहिएको छ । उहाँहरुको भनाइ थियो ।

२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट ४ हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये ९५६ जना (नट ग्रेडेड)ले पुन परीक्षा दिनु पर्ने भएको छ ।

उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् । यो विद्यालयहरुको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीहरुमा मिहनेत गर्ने बानीको विकास, शिक्षकहरुको अध्यापनप्रति बढ्दो सक्रियता, नतिजा सुधारका लागि महानगरपालिकाले विदाका समयमा सञ्चालन गरेका क्याम्पहरु तथा विशेष निगरानी कक्षाबाट आएको परिवर्तन हो ।

३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १४८ जना छ । यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना छन् । यसमा गएको वर्ष क्रमश: १ हजार ५० जना, १ हजार ८० जना, ३९५ जना र १६ जना विद्यार्थी थिए । यसरी हेर्दा उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको छ । तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको छ । यो नतिजालाई पनि सुधार गर्ने लक्ष्यसहित प्रधानाध्यापकहरुसँग छलफल गरिएको हो ।