८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिप्टो कारोबार र ठगीमा संलग्न आरोपमा ६ चिनियाँसहित ५२ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले क्रिप्टो कारोबार तथा ठगीमा संलग्न आरोपमा ५२ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–४ स्थित दमकल चोकमा भाडामा लिएको घरमा छापा मारेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलिले उनीहरूलाई पक्राउ गरेको हो ।

चिनियाँहरूले कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्ने नाममा सो घर भाडामा लिएको पाइएको छ । ‘मेटो’ नामको एप मार्फत उनीहरूले युवतीहरू प्रयोग गरेर ठगी धन्दा समेत चलाएको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौँको चागलमा पनि उनीहरूले सञ्चालन गरेको कार्यालयमा छापा मारेर ठगीमा प्रयोग गरिएको डिभाइस बरामद गरिएको छ । आरोपीहरूको साथबाट स्रोत नखुलेको १३ लाख नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।